Wednesday, July 9, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

केराखेतीतर्फ किसान आकर्षित

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० माघ १२ गते, १९:२४ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
केराखेतीतर्फ किसान आकर्षित
14
SHARES
Share on FacebookShare on Twitter

झापा । काेशी प्रदेश स्थित झापामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् ।
जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए ।
उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए ।
“धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ”, प्रमुख विष्टले भने, “त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन् । दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् । उनले केराखेती प्रवद्र्धनका लागि ज्ञानकेन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् । पालिकामा उनले गरेको केराखेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केराखेतीमा लागेका हुन् । उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग  गर्दै आएका छन् । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन् ।
स्थानीय २० जना युवायुवतीलाई रोजगार दिएका बस्नेतले वार्षिक रु. एक करोडको केरा बिक्री गर्ने गरेको बताए । उनले धान, मकैलगायत अन्य बालीको तुलनामा केराखेतीबाट बढी लाभ हुने गरेको जानकारी दिए ।
“यही चालु आर्थिक वर्षभित्रमै केराको थामलाई प्रशोधन गर्ने कारखाना स्थापना गर्न रकम जम्मा गर्दैछु”, उनले भने, “चाँडै स्थापना गर्छु । यसो भयो भने जिल्लामा उत्पादित केरासँगै यसको थामले सबै किसानलाई लाभ दिन्छ ।” उनले झापा गाउँपालिकाले केराखेतीलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने हो भने यसको प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरे । उनी भर्खर भारतको महाराष्ट्रमा आयोजित १० दिने ‘जैन डिप स्प्रिङ्कल सिँचाइ’ प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।
यसैगरी श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए । उनले भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए।

Tags: आकर्षितकिसानकेराखेतीतर्फ

Related Posts

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
FEATURE

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
0

रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने
FEATURE

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
0

विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः...

गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1386 shares
    Share 554 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    814 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    760 shares
    Share 304 Tweet 190
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    705 shares
    Share 282 Tweet 176
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist