काठमाडौँ- सत्ता गठबन्धन दलले राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रिय सभा निर्वाचनको परिणामाका विषयमा प्रारम्भिक छलफल गर्दै कोशी प्रदेशमा भएको भोट क्रस गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको विषय र अन्य प्रदेशको नतिजाका विषयमा छलफल भएको जानकारी दिए ।
कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकूल प्रभाव नपार्ने उनले बताए । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।
राष्ट्रिय सभाका अध्यक्ष चयनका विषय, राजनीतिक एजेण्डालगायतका विषयमा पछि छलफल हुने लेखकले बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post