सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नं. २ मा रहेको श्री सरस्ती मा.वि.को नाममा रहेको ४ विघा १८ कठ्ठाको प्लोट जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी बनाइएका घरटहराहरुमा खाली गराएको छ ।
बिद्याालयका व्यवस्थापन समिति सदस्य, शिक्षक र जनप्रतिनिधी, स्थानीय दलप्रमुख सुरक्षाकर्मीहरुको उपस्थितिमा विद्यालयको नाममा रहेको ४ विघा १८ कठ्ठाको प्लोटको जग्गा गाउँपालिकाले खालि गराएको हो ।
गाउँपालिकाले अतिक्रमण भनी खाली गराएको जग्गाको विषयमा स्थानीयहरुले आफूहरुलाई सुचना मात्र दिएको तर नापी समयमा नगरि दिदा ठुलो धनमालको क्षति पुगेको गुनासो गरेका छन ।
तर विद्यालयका प्रधानध्यापक राम कुमार चौधरीका अनुसार आफु आउनुभन्दा ९ बर्ष अगाडिदेखि नै स्थानीय गाउँले र स्कुलको विच मुद्धा चलि रहेको हुनाले पुनरावेदन अदालत विराटनगरले स्कुलको नाममा फैसला गरि दिएकोेले एक दिन अगावै सुचना दिई जग्गा खाली गर्न लगाएको बताए ।
प्रधानध्यापक चौधरीका अनुसार स्कुललाई गाउँलेले तिर्नु पर्ने मुवाब्जा नतिरेको हुनाले स्कुलले आफ्नो जग्गा खालि गरि दिन अगाडि नै नाप जाँच गरेपनि स्थानीयहरुले नमानेर मुद्दामामिला गरेकोले लामो समयदेखि अतिक्रमण कायम रहेको थियो ।
वडा नं. २ का वडा अध्यक्ष प्रभाकर माझीले स्कुलको जग्गा वडासँग कुनै सम्वन्ध नरहेको बताए । पहिलेकै जनप्रतिनिधिको पालोमा स्कुल र गाउँले विच मुद्धा सुरु भइ त्यहि मुद्धा आफूहरुको पालोमा स्कुलको पक्षमा फैसला आउँदा स्कुलले आफ्नो जग्गा खालि गराएको बताए । स्कुल सवैको साझा सम्पति भएकोले कसैले एक्लै स्कुलको सम्पत्ति उपभोग गर्न नपाउने भएकोे स्कुलले आफ्नो सम्पत्ति खालि गराएको वडा अध्यक्ष माझीले बताए ।
उनले भने, ‘हामी जनप्रतिनिधहरु कसैलाई पुर्वाग्रही नराखि विकासका काम र सार्वजानिक सम्पती सवैको भएकोले संरक्षण गर्न लागेको र यो सबैको दायित्व हो ।’
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post