• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

रामधुनी मन्दिर विवाद:महन्त पक्षको आरोपमा गुठी समितिको आपत्ति

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० फाल्गुन १३ गते, १८:३० बजे प्रकाशित
in Uncategorized, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
रामधुनी मन्दिर विवाद:महन्त पक्षको आरोपमा गुठी समितिको आपत्ति
22
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । रामधुनी मन्दिरको नित्य पूजा रोकिएको भन्ने विषयले बिवादमा तानिएपछि रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले आफुहरुमाथि लगाइएको आरोपको खण्डन गरेको छ ।
मन्दिरका पुजारी महन्त काशीदास उदासी र उनका अनुयायी बताउने मोहिनारायण चौधरीले लगाएको आरोपको प्रतिवादमा पत्रकार सम्मेलन गरेको समितिले आफुहरुमाथि लगाइएको आरोपलाई कपोकल्पित र भ्रामक भएको बताएको छ ।
षड्यन्त्र पूर्वक समिति उपर एकपक्षीय आरोप लगाउँदै अनर्गल प्रचारबाजी भएको भन्दै आपत्ति जनाएको समितिले महन्त काशीदास आफुना अनुयायी मोहिनारायणको बहकावमा बहकिएको आरोप समेत लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डिल्ली कार्कीले भने, म र मेरो समिति उपर लगाइएका सारा आरोप निराधार र कपोकल्पित हुन । जसमा कुनै सत्यता छैन । मन्दिरको ताला लगाएर नित्य पूजा रोक्ने काम भएकै छैन । सारा आरोप झुटो र निराधार छ ।’
उनले थपे, ‘मन्दिरमा बिवाहित व्यक्तिले पूजाआजा गर्न पाइदैन । मोहिनारायण भन्ने विवाहित व्यक्तिले पूजा गरेको भेटेपछि सो कार्य नगर्न भनेका थियौं । सोही विषयमा अन्य व्यक्तिगत असन्तुष्टि जोडेर इगो बनाइयो ।’
कार्कीले गुठी संस्थानबाट प्राप्त जिम्मेबारी अनुरुप आफुहरुको समिति कार्यरत रहेको भन्दै कानुन विपरितका कुनैपनि कार्य नगरेको बताए । उनले नगरपालिकासँग समन्वय गरेर समितिले मन्दिरको हकहीतको सवालमा कार्य गर्दै आएको बताए ।
कार्कीले पछिल्लो घटना उचालिएपछि प्रजिअ सहितको टोलीले दुवै पक्षसँग छलफल गरेको समेत बताए । छलफलका क्रममा मोहिनारायण चौधरीलाई सामान्य व्यक्ति सरह बाहेकको कुनै पनि कार्य गर्ने र गराउने इजाजत नरहेको भनी प्रशासनले स्पष्ट पारेको समेत बताए । कार्कीले चौधरीलाई आश्रमबाट पोकापतेरा बोकेर हट्न प्रशासनले आदेश दिएको समेत बताए ।
पत्रकार सम्मेलनमा रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, वडा अध्यक्ष कमल कार्की लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख चौधरीले रामधुनी मन्दिरमा महन्त काशीदास उदासी र गुठी समिति अध्यक्ष डिल्ली कार्की बिचको बिवादलाई पालिकाले सूक्ष्म रुपमा हेरेको बताए । उनले सोधखोजका क्रममा मोहिनारायण चौधरीको फटाई रहेको निष्कर्शमा नगरपालिका पुगेको बताए ।
नगर प्रमुख चौधरीले भने, ‘मन्दिरमा जहीँतहीँ दान पेटिका राखिएको रहेछ । जसको ताला चाबी स्वयं मोहिनारायणले राख्ने र दान रकम स्वेच्छाले आफैंले लग्ने गरेको पाइयो । जसमा कडाई गरेपछि उनी गुठी समिति विरुद्ध आक्रामक ढङ्गले दुष्प्रचारमा लागेको बुझियो । त्यसपछि भने दान पेटिका र सारा खर्च विवरणलाई नगरपालिकाको नेतृत्वमा व्यवस्थापन गरिएको उनले बताए ।’
मेयर चौधरीका अनुसार दुईपक्षिय विवादको छानविन गर्ने क्रममा रामधुनी मन्दिरका पुजारी तथा महन्त काशीदास उदासीले मन्दिरमा उठेको भेटिघाटीको रकम समबन्धीत निकायमा नबुझाई आफुखुशी खर्च गर्ने र चेलाहरुलाई उठाएर खर्च गर्न दिने गरेपछि विवाद आरोप प्रत्यारोपमा पुगेको हो ।
मन्दिरमा बसेर मोहिनारायण चौधरीले पूजासमेत गर्न थालेपछि बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन समितिले महन्तबाहेक अरुले पुजा गर्न नपाउने भनी उनलाई रोक लगाउन खोज्दा मन्दिर बन्द गरेको भन्दै विवाद झिकेको दुईपक्षिय छलफलका क्रममा बुझिएको मेयर चौधरीले बताए ।
विवाद सार्वजनिक भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले दुवै पक्षसहित नगरपालिकाका मेयरसहितका पदाधिकारीलाई राखेर रामधुनी मन्दिर परिषरमा छलफल गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, स्थानीय र सरोकारवालाहरु बिच भएको छलफलका क्रममा महन्त काशीदास उदासी र उनका चेला मोहिनारायण चौधरीले बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीलाई विभिन्न मिति समयमा विभिन्न अभियोगमा अदालतमा मुद्धा दायर गरेकाले अदालतबाट मुद्धाको किनारा नलागेसम्म यथास्थितीमा दुवैपक्षले आफ्नो कामकाज जारी राख्ने मुद्धाको छिनोफानो लागेपछि रामधुनी नगरपालिकाले मन्दिरको व्यवस्थापन कार्यमा गुठी सस्थाँनसँगको समन्वयमा काम गर्ने निर्णय भएको थियो ।
उक्त छलफलका क्रममा महन्तका विवाहित चेला रहेका मोहीनारायण चौधरीले प्रचलित परम्परा अनुसार व्यक्तिगत रुपमा मन्दिरमा आएर पूजा दर्शन गर्न पाउने अन्य समयमा मन्दिर क्षेत्रमा आएर कुनै प्रकारका गतिविधि गर्न नपाउने लिखित कागज तयार पारी रामधुनी नगरपालिका कार्यालयमा हस्ताक्षर कागज गरेपछि तत्काल विवाद समाधान भएको बताइन्छ ।
रामधुनी नगरपालिका हाल मन्दिर क्षेत्रमा भित्र रहेको भेटिको बाकस महन्तले राख्दै आएकाले अदालतको फैसलापछि मात्रै भित्रको भेटिका बारेमा निर्णय गर्ने सहमति भएको जनाइएको छ । हाल नगरपालिकाले बाहिर एक स्थानमा मात्रै सवैले देख्ने गरि चन्दा बाकस राखेको छ भने उक्त बाकसको रकम सवैजनाको रोहबरमा खोलेर उक्त रकम मन्दिर व्यवस्थापन कार्यमा खर्च गरिदै आएको छ ।

Tags: आपत्तिआरोपमागुठी समितिमहन्त पक्षकोरामधुनी मन्दिरविवाद

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist