• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा ओली आउने कार्यक्रममा इटहरीका मेयर रोक्ने र एमाले ल्याउने प्रतिष्पर्धामा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० फाल्गुन १५ गते, १५:५० बजे प्रकाशित
in अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरीमा ओली आउने कार्यक्रममा इटहरीका मेयर रोक्ने र एमाले ल्याउने प्रतिष्पर्धामा
35
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा सञ्चालित एक सामुदायिक विद्यालयको ब्यवस्थापन समितिले आयोजना गर्न लागेको एक कार्यक्रममा समिति र उपमहानगरपालिकाबीच प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ल्याउन र रोक्न प्रतिष्पर्घा मच्चिएको छ ।
इटहरी ४मा सञ्चालित कचना माध्यमिक विद्यालयको ब्यवस्थापन समितिले विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्ने कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रुपमा सहभागि गराउने गरी तयारी गरेकोमा उपमहानगरपालिकाले ओलीलाई रोक्ने गरी विज्ञप्ति जारी गरेपछि होडबाजी सतहमा आएको हो।
विद्यालयको तर्फबाट आउँदो फागुन १६ गते बुधबार इटहरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त नवनिर्मित भवन उद्घाटन गर्ने सूचना आइतबार दिउँसो सामाजिक सञ्जालमा देखिएको थियो । जसको जवाफमा आइतबार साँझ नै इटहरी उपमहानगरपालिकाले एउटा विज्ञप्ती जारी गरेको छ । जसमा इटहरीस्थित कचना माविको भवन उद्घाटन स्थगित गरिएको उल्लेख छ । उपमहानगपालिकाले तयारी पुरा नभएको भन्दै उद्घाटन स्थगित भएको विज्ञप्ती जारी गरेको छ ।
बुधबार एमाले अध्यक्ष ओली सुनसरीका विभिन्न कार्यक्रममा सहभागि हुन आउने कार्यक्रम छ । सोही क्रममा इटहरी ४ मा रहेको कचना स्कुलको भवनसमेत उद्घाटन गर्ने योजना विद्यालय व्यवस्थापन समितिले बनाएको थियो ।
व्यवस्थापन समिति अध्यक्ष तथा एमाले नेता डिकबहादुर राईले निर्धारित कार्यक्रम नरोकिने जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नगरप्रमुख पुर्वाग्रही भएको आरोप लगाएका छन् । उनले पूर्वनिर्धारित कार्यक्रममा सहभागि हुन आह्वान गरेका छन् ।
तर नगरप्रमुख हेमकर्ण पौडेल आफैले हस्ताक्षर गरेको विज्ञप्तीमा भने विद्यालय नगरको क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ ।
विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने विषयमा नगरप्रमुख र विद्यालय व्यवस्थापन समितिबिचको विवाद कार्यक्रममा आसन ग्रहण गर्ने र कसले उद्घाटन गर्ने भन्ने विषयमा कुरा नमिलेपछि देखिएको बताइएको छ । पहिले जारी भएको सूचनाअनुसार प्रधानमन्त्री ओली प्रमुख अतिथि र नगरप्रमुख विशेष अतिथि बन्ने भनिएको थियो । तर पछि ओलीसँगै पार्टीका अन्य शीर्ष नेताहरुसमेत आउने भएपछि कार्यक्रमको सेड्युअल परिवर्तन भएको र त्यसपछि विज्ञप्ती आएको बताइएको छ ।
सर्वसाधारणहरुले भने विद्यालय भवन उद्घाटनमा विद्यालय व्यवस्थापन समिति र उपमहानगरपालिकाबिचको प्रतिष्पर्धा अनुचित रहेको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय विना मेयर हेमकर्ण पौडेलले राजनीति प्रतिसोध साध्नलाई कार्यक्रम स्थगित गरिएको सूचना जारी गर्नुको कुनै ओचित्य नभएको दावी गरे ।
उनले भने, ‘विद्यालय ब्यवस्थापन समितिले निर्णय गरेर कार्यपालिकालाई पूर्वनिर्धारित कार्यक्रमको बारेमा सबै तयारीको विषयमा जानकारी गराई कार्यपालिका बैठकबाटै पारित गराईसकेको विषयमा पुनः मेयरले ब्यक्तिगत रुपमा जारी गरेको विज्ञप्ति उनको राजनीतिक दरिद्रता बाहेक केही होईन ।’
उनले थपे, ‘ पूर्वप्रधानमन्त्री केपी ओली मंगलबार नै दमक आएर बस्नु हुन्छ । बुधवार घरमै खाना खाएर इटहरी आउनु हुन्छ । विद्यालयको कार्यक्रम तालिकाअनुसार सहभागि भएर नेकपा एमाले सुनसरीको आयोजनामा हुने जिल्ला स्तरीय कार्यकर्ता भेलामा सहभागि भइ संवोधन गर्नु हुन्छ । सोही दिन साँझ काठमाडौ फर्किनु हुन्छ । यो सेड्यूलमा कुनै फेरबदल हुँदैन । हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौ ।’

Tags: इटहरीकाओली आउनेकार्यक्रममामेयर रोक्ने र एमाले ल्याउने प्रतिष्पर्धामासुनसरीमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist