• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भरत ताल मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थलको रूपमा स्थापित हुदै

ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० फाल्गुन १९ गते, ७:५७ बजे प्रकाशित
in अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भरत ताल मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थलको रूपमा स्थापित हुदै
14
SHARES
Share on FacebookShare on Twitter

सर्लाही।मधेस प्रदेश स्थित सर्लाहीको बागमती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत ताल मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थलको रूपमा दरिएको छ तालमा आन्तरिक एवम् बाह्य पर्यटकको चाप दिनानुदिन बढ्दो छ। यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू आउने क्रम पनि बढ्दो छ। कलकल बग्ने बागमती नदी र छेउमा बन्दै गरेको रेलको लिगले समेत हरेक पर्यटकको मन लोभ्याउने गर्दछ। हावाको वेगसँगै तालमा छल्किने पानीले पर्यटक रोमाञ्चित बन्ने गरेका छन्।
देशका अन्य नगरपालिका र गाउँपालिकाले भ्यू टावरबाट आम्दानी बढाउने योजना अघि सारिरहँदा सर्लाहीको बागमती नगरपालिका मेयर भरतकुमार थापाले भने पृथक् काम गरेर देखाए, जसकारण यसपटकको स्थानीय चुनावमा पनि उनी चुनिए। औपचारिक नामकरण नभए पनि भरत ताल’ को नामले १४ वटा फुटबल मैदान जत्रो यस पोखरी चर्चित बन्न पुगेको छ।
नगरले पोखरीलाई ’बागमती माछा पोखरी बनाउने योजना तयार पारेतापनि स्थानीयले भरत ताल नामकरण गरिदिएका छन्। हाल सबैले यस ताललाई भरत ताल नै भन्ने गरेको पाइन्छ। नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो त्यसपछि ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्न पुगेको हो।
नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ। गर्मी याममा यहाँ मोटर बोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन्। बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन समेत गरिने कार्ययोजना रहेको छ। तालको नजिकै सुमेरू पर्वत बनाउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पनासमेत गरिएको नगरप्रमुख थापाले बताए।
नगर उपप्रमुख लीलाकुमारी मोक्तानका अनुसार, ’ताललाई व्यवस्थित गर्दै बगैंचा, पार्क र वनभोजस्थलका रूपमा पनि विकास गरिने योजना नगरपालिकाले प्राथमिकतामा राखेको छ। तालको वरिपरि बगैंचा तथा घेराबेराको काम सम्पन्न हुने क्रममा रहेको देखिन्छ। तालको वरिपरि खाजा घरहरू धमाधम निर्माण भइरहेका छन् पानीको कमी हुन नदिन बागमती नदीबाट पानी हाल्ने व्यवस्था मिलाइएको छ। पानीको निकासको प्रबन्ध पनि छ।
चुरेकै काखमा रहेको यस तालमा ३५ सिट क्षमता भएको जेटबोट सञ्चालनमा आएको छ भने अन्य साना बोट (मिनी क्रुज ) हरूमा पनि आन्तरिक एवम् बाह्य पर्यटकको भीड लागिरहेको पाइन्छ। तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटर बोटले पर्यटकको मन लोभ्याउने गरेको छ। तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको देखिन्छ।
भरत ताल मधेस प्रदेशको नयाँ तर आकर्षक पर्यटकीय गन्तव्यको रूपमा दरिएको छ तालमा घुम्न आउने आन्तरिक पर्यटकले दुई सयको टिकट काट्नुपर्दछ जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ।
तालको चर्चा चुलिएसँगै स्थानीयस्तरमा हुने रोजगारी, व्यवसाय विस्तारले पनि यो भेगका सर्वसाधारणको जनजीवन उकास्ने देखिन्छ। पोखरीका कारण पाँच किलोमिटरको दूरीमा रहेको रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमती– ११ मा पर्ने हरिहर क्षेत्रमा घुम्ने पर्यटकसमेत बढ्दै गएका स्थानीयवासी बताउँछन् ताल र वरपरिको संरचना बनाउन नगरपालिकाले ६० करोडभन्दा बढी रकम खर्च गरिसकेको छ।
नगरपालिका ४ र १२ नम्बर वडाको बीचमा रहेको ताल सौन्दर्यकरणमा व्यापक अनियमितता भएको भन्ने खबरहरू पनि पछिल्लो समय सार्वजनिक नभएका होइनन्, तर मेयर थापाले बहुउद्देश्यीय काम गरेर देखाएका छन्। मधेसमा चुरे दोहनले पानीका मुहान दिन प्रतिदिन सुक्दै गइरहेका बेला तालले पानी रिचार्ज गरिरहेको छ। पहिले सुकेका तल्लो भेगका कुवा र इनारमा ताल निर्माणपछि पानी भरिन थालेको छ।
कसरी पुग्ने ?
यो पोखरी पुग्न पूर्व–पश्चिम लोकमार्गबाट दुईवटा बाटा छन् पूर्वबाट आउँदा बागमती पुलदेखि एक किलोमिटर वरैबाट क्षेत्रीय बाटो प्रयोग गर्न सकिन्छ भने पश्चिमबाट आउँदा बागमती पुल काट्नेबित्तिकै बागमती किनारैकिनार तीन किलोमिटर दक्षिण गएपछि पुगिन्छ। टुर न्यूज

Tags: पर्यटकीयस्थलकोप्रमुखभरत तालमधेस प्रदेशकैरूपमास्थापित हुँदै

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist