काठमाडौं ।बाजुराको बडिमालिका नगरपालिकाका दुई महिला कर्मचारीको फाईट परेको छ। दुई कर्मचारीबीच कार्यालयमै जगल्टा छराछर भएको यो घट्ना शुक्रबार दिउँसोको हो।
कर्मचारीहरुका अनुसार गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा परियोजना) प्रमुख रन्जीता शाही र कर्मचारी कविताकुमारी सुर्यबंसीबीच हात हालाहाल भएको हो। उनीहरुले कपाल उखेलाउखेल गरेको तस्वीर सामाजिक सञ्जालमै सार्वजनिक भएको छ।
नगरपालिकामा हाल आएका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले कर्मचारीहरुले दैनिक रुपमा कार्यसम्पादन विवरण वुझाउनु पर्ने नियम बनाएका छन्। सोही विवरणका विषयमा दुई कर्मचारीबीच विवाद भई हानाहानको अवस्था आएको जनाईएको छ।
कविताका अनुसार प्रमुख प्रशासकिय अधिकृत केसीले कार्यसम्पादन सम्बन्धी कागजपत्र दिएका थिए। सो कागजपत्र शाखा प्रमुख शाहीले च्यातेर फालिदिएपछि विवाद भएको हो।
शाहीले कागजपत्र च्यातेर आफुमाथि हातपात गरेको कविताको आरोप छ। कुटपिटका कारण उनलाई अस्पताल नै भर्ना गराउनु परेको छ। टाउकोमा चोट लागेकी उनको जिल्ला अस्पताल बाजुरामा उपचार भएको कर्मचारीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार रन्जिता र कविताबीचको झडप सामान्य हो। उनीहरुबीचमा यस अघिदेखि नै आन्तरिक द्वन्द्व उत्कर्षमा थियो। यसरी जगल्टा उखेला उखेल भएको घट्ना भने पहिलो पल्ट भएको उनले वताए।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post