काठमाडौं । मधेस प्रदेश स्थित धनुषाको शहीदनगर नगरपालिकाले स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै पत्रिकाका प्रकाशक देखि तत्कालिन मेयरसम्मलाई मुद्दा दायर गरेको छ ।
तत्कालिन नगर प्रमुख उदयकुमार यादब, उपप्रमुख शिलादेवी कापर, प्रशासकीय अधिकृत शत्रुध्वन यादब, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप कुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सब इन्जिनियर सरोज कुमार महतो र रेजा ट्रेडिङ प्रालि र रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मुंसरविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७७।७८ मा नगरपालिकाले शशर्त अनुदानतर्फको स्यानिटरी प्याड खरीदको लागि मिति २०७७।११।१९ मा रेजा ट्रेडिङ्ग प्रा.लि. सँग खरिद सम्झौता भएकोमा उक्त खरीद सम्झौता गर्नु अघि नै मिति २०७७।११।१३ मा भुक्तानी गरेको अख्तियारको अभियोग छ । शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आबश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कही कतै संख्या स्पष्ट नहुदै रेजा ट्रेडिङ्ग प्रा.लि. ले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको मिति २०७७।१०।२२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहिदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएकोले रेजा ट्रेडिङ्ग प्रा.लि.का प्रोपराइटर एवं राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानूनको प्रावधान विपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरुको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता तथा १३ लाख ९३ हजार ६ सय ८७ भुक्तानी गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post