• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवाको हेभि इक्विपमेन्ट दैनिकजसो भाँडा लाग्दा एकवर्षमा आम्दानी शुन्य

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० फाल्गुन २८ गते, २३:४४ बजे प्रकाशित
in Uncategorized, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
इनरुवाको हेभि इक्विपमेन्ट दैनिकजसो भाँडा लाग्दा एकवर्षमा आम्दानी शुन्य
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिका नगरकार्यपालिका कार्यालयमा रहेका हेभी इक्विपमेन्ट सवारी साधनहरु व्यक्ति तथा निर्माण व्यवसायीलाई भाडामा लगाएपनि कार्यालयमा राजश्व आम्दानी जम्मा नगर्ने गरेको फेला परेको छ ।
इनरुवा नगरपालिकाको नगरसभाले नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट सवारी साधनहरु भाडामा लगाउनका लागि इन्धनबाहेकको दररेट तोकि भाडामा दिने निर्णय गरेपनि चालु आर्थिक वर्ष २०८०/०८१ मा भाडा वापतको राजश्व रकम जम्मा नभएको पाइएको हो ।
नगरपालिकाबाट विभिन्न निर्माण व्यवसायी तथा व्यक्तिहरुले प्रायःजसो दैनिक विभिन्न काम प्रयोजनका लागि हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लैजाने गरेपनि भाडा वापतको रकम लेखा फाँट तथा राजश्व शाखामा जम्मा गरेको रेकर्ड नभएको फेला परेको छ ।
नगरपालिकाले सरसफाई सुपरभाइजर सत्तु मण्डललाई हेभी इक्विपमेन्ट परिचालन गर्ने जिम्मेवारी दिएको छ । सुपरभाइजर मण्डलले हेभी इक्वीपमेन्टका सवारीचालक तथा अपरेटरलाई काममा खटाउने गरेका छन ।
इनरुवा नगरपालिका राजश्व शाखाका प्रमुख कुसुम भट्टराईले चालु आर्थिक वर्षको साउन महिनादेखि फागुन २७ गतेसम्म हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लगाए वापतको रकम राजश्वमा जम्मा भएको रेकर्डमा नभेटिएको बताइन ।
शाखा प्रमुख भट्टराईले हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लगाएको रेकर्ड राख्ने कामको जिम्मेवारी सुपरभाइजर सत्तु मण्डललाई दिएकाले उनीसँगै सोको रेकर्ड हुने बताइन ।
यसैगरि नगरपालिकाको लेखा फाँटले हेभी इक्विपमेन्ट सवारी साधनहरु भाडामा लगाए वापतको राजश्व रकमको रेकर्ड नभएको जनाएको छ । लेखा फाँटले समेत हेभी इक्विपमेन्ट सवारी साधनहरुको आम्दानी खर्चको विवरण सुपरभाइजर सत्तु मण्डलको जिम्मामा रहेको दावी गरेको छ ।
आइतवार सुनसरी जिल्ला अस्पताल इनरुवामा नगरपालिकामा रहेका को १ ग १३९ नम्बरको भायब्रेसन रोलर, को १ ग १४० नम्बरको ब्लाकहु लोडर(जेसिभी) र को २ त २३८५ नम्बरको पानी ट्याङकीसहितका साधन पार्किङ निर्माणका लागि ग्राभेल सम्माउने र रोलर लगाएर मिलाउने काममा प्रयोग भएको थिए ।
अस्पताल परिषरमा भेटिएका सुपरभाइजर सत्तु मण्डलले इन्धन सम्बन्धित व्यक्तिले हाल्नेगरि तोकिएअनुसारको भाडा वापतको रकम नगरपालिकाको राजश्व शाखामा जम्मा गरेपछि तेल हालेर भाडामा पठाउने गरेको जानकारी दिए।
उनले भने, ‘चालु आर्थिक वर्षमा भाडामा वापतको रकम राजश्वमा जम्मा हुँदै आएको छ । राजश्व शाखामा सवै विवरण लिन सकिन्छ ।’
मण्डलले सवारीसाधन भाडामा लगाएको राजश्व रकम राजश्व फाँटमा नियमित रुपमा जम्मा हुँदै आएको दावी गरे । उनले भने, ‘मेयर साहेबको मौखिक आदेशमा काममा सवारीसाधन पठाउन सवारी चालक र अपरेटरलाई खटाउने गरिएको छ ।’
मेयर केदार भण्डारीले नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट सवारी साधनहरु आवश्यकताका आधारमा कार्यालयकै तर्फबाट नगरक्षेत्रमा विभिन्न काममा प्रयोग गर्ने गरिएको बताए ।
भण्डारीले नगरपालिकामा भाडा वापतको रकम जम्मा गरि इन्धन भरेर लैजाने व्यक्ति वा ठेकेदारलाई मात्रै उपलब्ध गराउँदै आएकाले दुरुपयोग नहुने दावी गरेका छन ।
मेयर भण्डारीले भने, ‘व्यक्ति वा ठेकेदारले भाडामा लगे वापतको रकम राजश्व शाखामा तोकिएको दररेट अनुसार भाडा बुझाएको हुनुपर्छ । नगरक्षेत्रमा रहेका सरकारी कार्यालयहरुले सहयोग माग्दा नगरपालिकाले निःशुल्क दिदै आएको छ।’
नगरपालिका स्रोतका अनुसार नगरपालिकामा रहेका हेभी इक्विपमेन्ट सवारी साधनहरु मेयर केदार भण्डारीको आदेशबाहेक कसैलेपनि भाडामा वा कुनैपनि प्रयोजनका लागि लैजान नपाउने अवश्था रहेको छ ।
नगरपालिकाले खुल्ला टेण्डर प्रतिष्पर्धाबाट र कोटेशनबाट निर्माण व्यवसायीलाई पूर्वाधार विकास निर्माणका योजनाहरु संचालन गर्दै आएकाले विकास निर्माणका काममा हेभी इक्वीपमेन्ट प्रयोग गर्दा सम्बन्धित ठेकेदारले भाडा वापतको रकम बुझाउनुपर्ने देखिन्छ ।
नगरपालिकामा मेयर केदार भण्डारी, सत्तु मण्डलको दावी विपरित राजश्व शाखा र लेखा फाँटमा हालसम्म कुनै शिर्षकमा हेभी इक्विपमेन्ट सवारी साधन प्रयोग गरे वापतको रकम राजश्वमा जम्मा भएको पाइदैन ।
नगरसभाबाट चालु आर्थिक वर्ष २०८०/०८१ क लागि बजेट खर्चमा नगरपालिकामा रहेका दमकल, पदाधिकारीले प्रयोग गर्ने सवारीसाधन र हेभि इ्रक्वीपमेन्टका लागि बार्षिक रुपमा करिब ३ करोड इन्धन तथा मर्मत सम्भार खर्च वापतको रकम विनियोजन गरेको छ ।
इनरुवा नगरपालिकाको ११ औ नगरसभाले नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट भाडामा लैजानेले इन्धन आफै हालेर प्रयोग गर्नेगरि ग्रेडर प्रतिदिन १५ हजार ३ सय, रोलर प्रतिदिन १२ हजार ८ सय, ब्याकहु लोडर(जेसिभी) प्रति घण्टा १२ सय, ट्रिपर प्रतिदिन ७ हजार र पानी ट्याङकी प्रतिदिन ५ हजार रुपैयाँका दरले भाडामा दिने निर्णय गरेको छ ।
इनरुवा नगरपालिकामा रहेका हेभी इक्वीपमेन्ट संचालनका लागि कार्यालयले सवारी चालक र अपरेटरलाई नियुक्ती गरि मासिक तलब भत्ता उपलब्ध गराउँदै आएको छ ।

Tags: इनरुवाहेभी इक्वीपमेन्ट

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist