• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

शिक्षक संघ सुनसरीका अध्यक्ष र सरकारी शिक्षक रहेकी उनकै श्रीमतीकाे लगानीमा प्राइभेट स्कुल  स‌चालनमा

एएईईको सेन्टर आफु कार्यरत रहेको सरकारी स्कुलमा कायम गराएकाे फेला

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० चैत्र ५ गते, २०:५६ बजे प्रकाशित
in अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
शिक्षक संघ सुनसरीका अध्यक्ष र सरकारी शिक्षक रहेकी उनकै श्रीमतीकाे लगानीमा प्राइभेट स्कुल  स‌चालनमा
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष एवम भगवती माध्यमिक विद्यालय इनरुवामा कार्यरत मावी शिक्षक बेणु सिग्देल र सामुदायिक विद्यालयमै कार्यरत उनकी श्रीमतीले निजी विद्यालय सञ्चालन गरिरहेको पाइएको छ ।
संघका अध्यक्ष सिग्देलले श्रीमती शोभा सिग्देलको नामबाट इनरुवामा उच्च माध्यमिक तहसम्मको कक्षा सञ्चालन भईरहेको सूर्यकिरण एकेडमीमा लगानी गराएको पाइएको हो ।
सरकारी शिक्षकहरुले कुनैपनि क्षेत्रमा लगानी गर्नु पूर्व विभागीय अनुमति लिनु पर्ने कानूनी ब्यवस्था रहेको छ । सामुदायिक विद्यालयका शिक्षकहरुले बार्षिक रुपमा आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनु पर्ने हुन्छ । तर सिग्देलले निजी विद्यालयमा लगानीका लागि विभागीय अनुमति नलिएको र आफ्नो सम्पत्ति विवरणमा पनि सो लगानी नदेखाउने गरेको इनरुवा नगरपालिका र शिक्षा विकास तथा समन्वय ईकाइ स्रोतले जनाएको छ ।
शिक्षा इकाई स्रोतले भन्यो, ‘एक त विभागीय स्विकृती नलिई सरकारी शिक्षकहरुले अन्य क्षेत्रमा लगानी गर्न, ब्यापार ब्यवसाय गर्न पाउँदैनन त्यसमा पनि सरकारी विद्यालयको शिक्षकले निजी विद्यालयमा लगानी गर्न त झनै पाउँदैनन । यो त नैतिक रुपमा पनि संकट पर्ने विषय हो ।’
सुर्यकिरण एकेडेमीको लगानीकर्ता शेयर संचालकमा मनोज यादव, इन्द्रविनोद भट्टराई र सिग्देल परिवारका तर्फबाट प्रावि तहकी शिक्षक शोभा सिग्देल रहेकी छिन ।
सुर्यकिरण एकेडेमीका सञ्चालक तथा प्रिन्सिपल मनोज यादवले शिक्षक शोभा सिग्देलका नाममा ३३ प्रतिशत शेयर लगानी रहेको जनाएका छन ।
सो निजी विद्यालय पहिला सिग्देल परिवारले किनेर पछि त्यसमा दुई जना लगानी कर्तालाई थपेको उनी निकटहरु बताउँछन ।
आफ्नो लगानी रहेको निजी विद्यालयको निरन्तर संरक्षण गरिरहेका सिग्देलले शिक्षा इकाईलाई प्रभावमा पारेर एसईईको सेन्टरसमेत आफू अनुकुल हुने गरी तय गराउने गरेका छन ।
शिक्षकका अगुवा नेताको शेयर लगानी रहेको प्राइभेट स्कुलको २०८० सालमा हुने एसईइ परिक्षाको केन्द्र आफु कार्यरत रहेको सामुदायिक विद्यालयमा पारेका छन
भगवती माध्यामिक विद्यालय इनरुवामा कार्यरत रहेका शिक्षक वेणु सिग्देल र सरस्वती आधारभुत विद्यालय रामधुनीमा कार्यरत शिक्षक शोभा सिग्देलको लगानी रहेको सुर्यकिरण एकेडेमीको परिक्षा केन्द्र भगवती मावि इनरुवामा तोकिएको हो । दुई कार्यकाल शिक्षक संघको जिल्ला अध्यक्ष भईसकेका सिग्देल भगवती मावीका भावी प्रधानाध्यापक बन्ने लगभग निश्चित छ ।
शिक्षक संघ सुनसरीका अध्यक्ष बेणु सिग्देलले सुर्यकिरण एकेडेमीमा हालै सामुदायिक विद्यालयको शिक्षक पदमा कार्यरत रहेकी श्रीमती शोभा सिग्देल शिक्षण सेवा प्रवेश गर्नु अगाडिनै शेयर लगानीकर्ताका रुपमा रहेको बताए ।
सिग्देलले हाल सामुदायिक विद्यालयको शिक्षकका रुपमा रहेपनि आफुहरुको शेयर बाहेक अन्य सलग्नता सुर्यकिरण एकेडेमीमा नरहेकाले परिक्षा केन्द्र तोक्ने बिषयमा कुनै दवाव नदिएको दावी गरेका छन ।
उनले भने, ‘धेरै अगाडिदेखि सुर्यकिरण एकेडेमीको परिक्षा केन्द्र आफु कार्यरत रहेको विद्यालयमा रहेकाले यसपटक पनि आफुले भगवती माध्यामिक विद्यालयमा परिक्षा केन्द्र तोक्न कुनै चासो देखाएको छैन ।’
निजी विद्यालय संचालकहरुका अनुसार नेपाल शिक्षक संघका अध्यक्षसमेत रहेका सिग्देलले शिक्षा विकास तथा समन्वय ईकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई प्रभावमा पारि आफ्नो लगानीको प्राइभेट स्कुलका साथै जिल्लाका विभिन्न पालिकाका प्राइभेट स्कुलको परिक्षा केन्द्र अनुकुल हुने विद्यालयमा कायम गर्न लगाएका छन ।
निजी विद्यालय संचालकले सिग्देलमार्फत शिक्षा विकास तथा समन्वय ईकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई नजराना बुझाउने विद्यालयको परिक्षा केन्द्र रोजाईमा परेको स्थानमा भएको आरोप लगाएका छन ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको स्वीकृति नलिई आफु कार्यरत रहेको विद्यालय बाहिर कुनैपनि शैक्षिक गतिविधिमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको छ ।
सुनसरीका सरकारी सामुदायिक विद्यालयका सयभन्दा बढी शिक्षकहरूले निजी स्कूल सञ्चालन गरेको र कतिपयले दुईतिर पूर्णकालीन शिक्षकका रूपमा काम गरेको पाइएको छ ।
विभिन्न राजनीतिक दलको भातृ संस्थाका रुपमा रहेका शिक्षकका युनियनमा नेतृत्व गरिरहेका अगुवाहरु सामुदायिक विद्यालयमा नियुक्त भएर निजी विद्यालय संचालनमा सक्रिय रहेको पाइन्छ ।
सरकारी कोषबाट तलब–भत्ताको सुविधा लिएका शिक्षकले आफूले नियुक्ति पाएको विद्यालय बाहेक अन्यत्र कुनै काम गर्न नपाउने कानुनी व्यवस्था विपरित निजी विद्यालय नै संचालन गरेको पाइएको छ ।

Tags: आफु कार्यरतएएईईकोकायम गराएकाे फेलारहेकोसरकारी स्कुलमासेन्टर

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist