इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र उपाध्यक्ष सुनिता कुमारी उराँवले संयुक्त हस्ताक्षर गरि इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको सुखद् अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
पालिका अध्यक्ष आजाद र उपाध्यक्ष उराँवले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
उता पालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले इदको अवसरमा शुभकामना दिँदै इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण पर्व भएको र मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताएकी छन् ।
उनलेे भोक्राहा नरसिंह गाउँपालिका वासी आमावुवा, दिदीवहिनी, दाजुभाइ, इष्टमित्र तथा स्वदेश-विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् । साथै ईद पर्वले सबै नेपाली वीच वन्धुत्वको भावना वढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न, विविधता वीचमा एकता कायम गर्न तथा सहकार्यको वाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वाससहित ईद पर्वको अवसरमा गाउँपालिकाले चैत्र ३० गते शुक्रवारका दिन स्थानीय विदा समेत दिइएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post