• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

आगलागी पीडितलाई राहत उपलब्ध गराउने पालिका अध्यक्ष अजमल आजादकाे तयारी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ बैशाख ५ गते, १२:५१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
आगलागी पीडितलाई राहत उपलब्ध गराउने पालिका अध्यक्ष अजमल आजादकाे तयारी
34
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा गएराति भएको आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ ।
गएराती विद्युत सर्ट भई भाेक्राहा नरसिंह वडा नम्बर ७ का स्थानीय लालदेव यादवकाे एक घर जलेर नष्ट भएको र उनको छिमेकी दिलिप यादवकाे घरमा समेत आंशिक क्षति भएको हुदाँ क्षतिपूर्ति बापत उनीहरूलाई रकम सहितको आवश्यक राहत प्याकेज उपलब्ध गराउने पालिका अध्यक्ष अजमल अख्तर आजाद बताएका हुन् ।
उनका अनुसार सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा, घर बनाउन राखिएको साल प्रजातिकाे काठ लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताए ।उता पालिका अध्यक्ष आजाद “जनतालाई परेको दुख र पीडामा साथदिन कहिले पछि नहट्ने” जनप्रतिनिधिको कर्तव्यबोध गर्ने जनप्रेमी भावना भएको व्यक्ति आफ्नो घर जलेर खरानी भएको हुँदा तत्काल आगलागीबाट भएको क्षतिपूर्तिको अनुगमन तथा निरीक्षण गर्न आउँदा परेको पीडा पनि हराएको स्थानीय वडा नम्बर ७ का आगलागी पीडित लालदेव यादव बताउँछन् ।
स्थानीय लालदेव यादवले बताएअनुसार भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद एक उदाहरणीय व्यक्ति मात्रै नभई जनप्रेमी भावनात्मक भएको व्यक्ति भएको बताए ।
उनले भने अहिले आगलागी भयाे, भाेलीका दिनमा अन्य विपद आउँन सक्छन् तर हाम्रो गाउँमा एम्बुलेन्स, दमकल आउने बाटो नभएको कारण हामीले विभिन्न किसिमका समस्या भाेग्दै आएका छाैं, हाम्रो समस्याको समाधान गर्न पालिका अध्यक्ष आजादले तत्काल चासो देखाउनु भएकोमा आफुहरू खुशी भएको प्रदेश प्वाइन्ट अनलाइनलाई जानकारी गराएका छन् ।यता पालिका अध्यक्ष अजमल आजादले जनताको समस्या मात्रै नभई हाम्रो समस्या भएको बताउँदै तत्काल समस्या समाधान गर्नेका लागि गाउँ स्तरीय छलफल गरि निकास निकाल्ने बताए ।
त्यस्तै मौसमको परिवर्तनसँगै पृथ्वीमा आउने विभिन्न प्रकारका मौसमी तथा ऋतु परिवर्तनका गतिविधिहरुले गर्दा वर्षेनि भाेक्राहा नरसिंह गाउँपालिकामा आगलागीका घटनाहरुमा वृद्धि भई ठूलो धनजनको क्षति हुने गरेको बताएका छन् । विशेषगरी हेमन्त ऋतु, शिशिर ऋतु, बसन्त ऋतु तथा ग्रिष्म ऋतुमा आगलागीका घटनाहरु बढी हुने गरेका छन् । गर्मी महिना शुरु भएसँगै भाेक्राहा नरसिंह गाउँपालिका लगायत विभिन्न जिल्लामा आगलागीका घटनाहरु बढ्न थालेका छन् । गर्मी महिनामा बढिजसो हावा, हुरी चल्ने हुनाले सानो आगोको झिल्कोबाट नै भिषण आगलागी हुने खतरा रहेको बताए । उनलेे भने अहिलेको समयमा हामीले आगोलाई एकदमै होसियारपूर्वक प्रयोग गर्न जनसमुदायलाई आग्रह समेत गरेका छन् । त्यस्तै साे आगलागी घटनाको अनुगमनमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, वडा नम्बर ७ का सदस्य बाैवालाल यादव, कार्यपालिका सदस्य धर्मनाथ भगत, प्रहरी चाैकी उल्टीका प्रहरी सहायक निरिक्षक तारा पाेखरेल, नेकपा एमाले भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव रमेशकुमार यादव, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य दिपेन्द्र यादव, उत्तम कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पंकज यादव लगायतका व्यक्तिहरूकाे उपस्थिति आगलागी घटनाकाे अनुगमन तथा निरिक्षण गरिएको थियोे । उता अनुगमन टोलीले विद्युत् सर्ट भएर आगलागी भएको निष्कर्ष निकालेका छन् ।

Tags: अजमल आजादआगलागीगराउनेपालिका अध्यक्षपीडितलाईराहत उपलब्ध

Related Posts

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा
FEATURE

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
0

चिरौली । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist