Wednesday, July 9, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेशमा अर्को चुनाव (मध्यावधि)  हुने सम्भावना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ बैशाख ५ गते, २३:११ बजे प्रकाशित
in अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
14
SHARES
Share on FacebookShare on Twitter

इटहरी – मुख्यमन्त्री केदार कार्कीले विश्वास मत पाउन नसकेमा कोशी प्रदेशमा अर्को चुनाव (मध्यावधि)  हुने सम्भावना देखिएको छ। नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली भन्छन्, ‘यस्तो अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाएमा कार्की सरकार निरन्तर रहन्छ।’ कार्कीले बुधबारसम्म विश्वासको मतका लागि कुनै प्रक्रिया अघि बढाएका छैनन्। एमाले र माओवादीलगायतका प्रदेशसभाका एक चौथाई सांसदहरूको लिखित अनुरोधमा बिहीबारका लागि प्रदेशसभाको  अधिवेशन डाकिएको छ।कार्कीले विश्वासको मत नपाएमा मध्यावधिको विकल्प नरहेको ज्ञवालीले बताए। उनले भने, ‘विश्वासको मत नपाएको अवस्थामा अर्को सरकार गठन हुने सम्भावना छैन। त्यसैले कार्कीसामु रहेको एउटै विकल्प हो, संसद्को विघटन, आफूले राजीनामा दिने र मध्यावधि निर्वाचनको तिथिमिति घोषणा गर्ने।’कार्की सरकार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २७ गते गठन भएको थियो। संविधानको उक्त धारामा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ भन्ने व्यवस्था छ। कार्कीलाई त्यति बेला नेपाली कांग्रेसका सांसद कार्की कांग्रेसका आठ र एमालेका ३९ गरी ४७ सांसदको समर्थन थियो। उनी संसदीय दलको नेताको हैसियतमा नभएर सांसदहरूको समर्थन जुटाएर मुख्यमन्त्री नियुक्त भएका थिए।ज्ञवाली कोशीमा अर्को सरकार गठन हुने सम्भावना नै नरहेको बताउँछन्। ‘प्रदेश सरकार निर्माणका लागि अब संविधानको अन्य धारामा फर्कने अवस्था छैन। १६८ धारा २ मा आउन संविधान मौन छ।’ अहिले विश्वासको मत लिए भने दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने उनले बताए। ज्ञवालीले भने, ‘अन्तिम विकल्पको सरकार बनेको हुनाले अन्य सरकार बन्न सक्ने अवस्था देखिँदैन।’मुख्यमन्त्री कार्कीले आफू संविधानअनुसार अघि बढ्न तयार रहेको बताए। उनले भने, ‘म संविधानअनुसार नै मुख्यमन्त्री भएको हुँ। अब पनि संविधानअनुसार नै चल्ने हो।’ संविधानको धारा १६८ उपधारा ७ मा उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने व्यवस्था छ।एमालेका प्रदेश सांसद लीलाबल्लभ अधिकारी भने तत्काल कोशीमा मध्यावधि चुनावको सम्भावना नरहेको दाबी गर्छन्। । ‘मुख्यमन्त्रीको आवेगले मध्यावधिको निर्णय हुने विश्वास हामीलाई छैन। वैकल्पिक सरकार बन्न सक्ने आधार प्रदेश प्रमुखसमक्ष प्रस्तुत भइसकेको छ’, अधिकारीले भने। उनले नैतिकता, संसदीय मर्यादा र संविधानको व्यवस्थाअनुसार अल्पमतको सरकारले राजीनामा दिनुपर्ने बताए।मुख्यमन्त्री कार्कीले प्रदेशसभाको कात्तिक १ गतेको बैठकमा कार्कीले विश्वासको मत पाएका थिए। ९३ सदस्यीय प्रदेशसभामा उनका पक्षमा ८७ मत परेको थियो। उनलाई एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसदले विश्वासको मत दिएका थिए भने राप्रपाका सांसदले विपक्षमा मतदान गरेका थिए।केन्द्रमा गठबन्धन परिवर्तन भएपछि चैत अन्तिम साता एमाले र माओवादी दुवैले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। एमालेका तर्फबाट सरकारमा सहभागी रामबहादुर मगर र माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरू गणेशप्रसाद उप्रेती, राजेन्द्र कार्की र नारायणबहादुर मगरले मन्त्री पदबाट राजीनामा दिएका थिए। साथै एमाले र माओवादीका ५२ जना सांसदले चैत २६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुख र सभामुखसमक्ष गराएको थियो छ।एमाले र माओवादीले वैशाख ३ गते कार्की सरकारको विरोधमा प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरेको छ। दुई दलले बहुमत प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री लाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा २०८१ साल वैशाख २५ गतेभित्र प्रदेशसभाको आह्वान गराई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने व्यवस्थाका लागि अनुरोध गरेका छन्।एमाले र माओवादीले संविधानको १६८ को कुनै उपयुक्त उपधारा प्रयोग गरी नयाँ वैकल्पिक सरकार गठनका लागि संवैधानिक र कानुनी प्रक्रिया स्वाभाविकै ढंगले अगाडि बढ्न सक्ने पक्षमा छ। साथै दुई दलले एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेका छन्।कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी सदस्यहरुको लिखित अनुरोधमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम वैशाख ६ गते बिहीबार दिनको १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्।

Tags: (मध्यावधि)अर्को चुनावकोशी प्रदेशमाहुने सम्भावना

Related Posts

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
FEATURE

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
0

रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने
FEATURE

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
0

विराटनगर । आफ्नै पार्टीका वडाध्यक्षलाई मिटरब्याजको पासोमा पारेर जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामत अन्ततः...

गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित

२०८२ असार २४ गते, २१:११ बजे प्रकाशित
मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

मोरङ : मिटरब्याजी कांग्रेस नेता कामतले वडाध्यक्षको जग्गा फिर्ता दिने

२०८२ असार २० गते, १३:११ बजे प्रकाशित
गढीका किसानलाई कृषि औजार वितरण

गढीका किसानलाई कृषि औजार वितरण

२०८२ असार १८ गते, १२:१३ बजे प्रकाशित
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत ह्वीलचेयर र सहायक सामग्री वितरण

२०८२ असार १७ गते, २१:१५ बजे प्रकाशित
फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

फुड फेयरमार्फत नयाँ पुस्तालाई जीवन परिवर्तनको पाठ सिकाउँदै

२०८२ असार १५ गते, २०:४६ बजे प्रकाशित
‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

‘दही चिउरा खाने संस्कृतिको आफ्नै विशेषता र महत्त्व’

२०८२ असार १५ गते, १२:०१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1386 shares
    Share 554 Tweet 347
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    814 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    785 shares
    Share 314 Tweet 196
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    760 shares
    Share 304 Tweet 190
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    705 shares
    Share 282 Tweet 176
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist