इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका स्थित चिराैली चाैकलाई व्यवस्थित गर्न लागिएको छ ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले चिराैली चाैकलाई स्तरोन्नति गर्दै व्यवस्थित गर्न लागिएको बताए ।
उनले प्रदेश प्वाइन्ट अनलाइनसँग कुरा गर्दै भने हाम्रो सदरमुकामलाई आकर्षक बनाउन इन्टरलक र नाला निर्माण गर्न लागिएको जानकारी दिए ।
अहिले चिराैली चाैक देखि उत्तरतर्फ अस्तव्यस्त रहेको तरकारी र माछा बजारलाई व्यवस्थित बनाउनुको लागि छुट्टाछुट्टै राख्न विभिन्न याेजना अघि बढाएको बताए ।
उनलेे भने तत्काल चाैकलाई आकर्षक बनाउन बाटो छेउमा नाला गर्ने र हटिया लाग्ने खाली जग्गामा इन्टरलक इट्टा लगाउने कार्य सुरु गर्न गरिएको जानकारी दिए ।
त्यस्तै चिराैली चाैक स्थित महेन्द्र राजमार्ग र प्रस्तावित नाम “एसियन राजमार्ग” देखि दक्षिण तर्फ ग्राभेल गरिएको ठाउँमा माछामासु बजार व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरिमा यात्रा गर्ने यात्रुहरुलाई विश्राम गर्नका लागि यात्रु प्रतिक्षालय निर्माण तथा प्रहरी बिट समेत निर्माण गर्ने याेजना रहेको बताए ।उता आज सार्वजनिक ऐलानी जग्गा विवादरहित वातावरणमा छुट्टयाइएको छ ।

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post