इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित सिसाै टाेलमा हिजो भएको आगलागी पीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरी र नेपाल रेडक्रस साेसाइटी सुनसरीले संयुक्तरूपमा आगलागी पीडित परिवारका सदस्यहरूलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हाे ।
हिजाे मंगलबार दिउँसो भएको आगलागीबाट भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ का स्थानीय शिव नारायण मेहता, जितेन्द्र मेहता, रामदेव मेहता, महेन्द्र मेहता, ज्ञयानन्द मेहता, जोगिन्दर मेहता, देवनारायण मेहता र सुर्ती देवी मेहताकाे घरमा आगलागी भएकाे थियोे ।
आगलागीबाट पीडित बनेका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक सेमानन्द बज्राचार्य लगायतकाले राहत सामग्री हस्तान्तरण गरेका छन् ।
यता भाेक्राहा नरसिंह गाउँपालिकाले आगलागी नियन्त्रणमा विशेष भुमिका खेल्दै जेसिभी समेत पठाएको थियोे भने आगलागी नियन्त्रणमा आएको केही घण्टाभित्रै आवश्यक राहत सामग्री प्रदान गरेको थियोे ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post