इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा सञ्चालित पृथ्वीनारायण माध्यमिक विद्यालयमा चालु शैक्षिक वर्षबाट अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ ।
बिहीबार विद्यालयले सरोकारवालाहरुसँग छलफल गरेर पहिलो वर्ष कक्षा १ बाट अंग्रेजी माध्यम सुरु गर्ने गरी भर्ना अभियान नै सुरु गरेको छ ।
अंग्रेजी माध्यममा पठनपाठन गर्दा अन्य विद्यालयहरुले शुल्क लिएर पठानपाठन गराउने गरेकोमा सो विद्यालयले भने निःशुल्क रुपमा भर्नासहित अध्यापन गराउने जनाइएको छ ।
बिहीबार अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरी सरोकारवालाहरुसमेतको सहभागितामा भर्ना अभियान सुरु गरिएको छ । जसमा गाउँपालिकाका अध्यक्ष अजमल अजादसहितका सरोकारवालहरुको सहभागिता थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष आजादले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको भन्दै पृथ्वी नारायण मावीमा सुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उनले पृथ्वीनारायण मावीलाई पालिकाकै नमुना विद्यालयको रुपमा विकास गर्दै क्रमसः पालिकाका सबै विद्यालयलाई अंग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयमा रुपान्तरण गर्दै वालवालिकाकालागि गुणस्तरीय शिक्षाको अवस्था सुनिश्चित गर्ने बताए ।
Discussion about this post