दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा निःशुल्क अल्ट्रा साउण्ड सेवा शुरु भएको छ। गाउँमै अल्ट्रा साउण्ड सेवा पाएपछि गाउँपालिका अन्तरगतका गर्भवती महिला खुशी भएका छन्।
गर्भवती महिलालाई अल्ट्रा साउण्ड गर्न जिल्ला सदरमुकाम इनरुवा वा बिराटनगर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रा साउण्ड सेवा सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हिरा साहले बताए। गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रा साउण्ड अनिवार्य रहेको उनको भनाइ छ।
सुत्केरी हुनुअघि गर्भमा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने भिडियो एक्सरे सेवाका लागि जिल्ला सदरमुकाम इनरुवा वा धरान, बिराटनगर धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अब हटेको उनले बताए ।
उनले भने, ‘उपचार पनि महँगो, गरीब तथा निम्नवर्गका गर्भवतीलाई सदरमुकाम इनरुवासम्म जान आउन पनि समस्या भएपछि हामीले स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य स्वा केन्द्रहरूमा घुम्ती रूपमा निःशुल्क अल्ट्रा साउण्ड सेवा दिने निर्णय गरेका हौँ।’
गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रा साउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादलेे बताए।
उनले भने, ‘अल्ट्रा साउण्ड गर्न सुनसरी सदरमुकाममा रहेको इनरुवाका जिल्ला अस्पताल र बिराटनगरका विभिन्न अस्पताल तथा क्लिनिक जानुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रा साउण्ड सेवा शुरु गरिएको छ।’
यता विभिन्न निर्माण लगायतका कममा दक्ष तथा अनुभवी विकास प्रेमी प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गाउँपालिकालाई शून्य होम डेलिभरी पालिका बनाउने अभियानमा आफूहरू लागिपरेको बताए। जन्मनुअघि नै बालबालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निःशुल्क सञ्चालन गरिएको उनले बताए।
‘बालबालिका सबै स्वास्थ्य जन्मियून् भन्ने उद्देश्यले यो सेवा थालेका हौँ’, उनले भने।
यता भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सूचना प्रकाशित गर्दै स्वास्थ्य चौकी भोक्राहा / स्वास्थ्य चौकी नरसिंह लगायतका विभिन्न ६ वटा आधारभुत स्वास्थ्य केन्द्रहरुमा प्रत्येक महिनामा सुरु हुने ग्रामिण अल्ट्रा साउण्ड सेवा (RUSG) काे बारेमा जानकारी गराइएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post