• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ बैशाख १९ गते, १६:३६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आज ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाइँदैछ । तर सुनसरी सदरमुकाम इनरुवा नजिकै रहेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ नरसिंह स्थित अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत बनेका छन् ।

यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक अंकित अग्रवालले श्रम शोषण गरी पीडित बनाइएका कारण उनीहरु एक महिनादेखी आन्दोलीत बनेका हुन् ।

पेपर मिलका संचालक अंकित अग्रवालले ज्यालादारीमा काम गर्ने कामदारहरुलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दाफा १०६ बमोजिम २०८० साउन १ गते लागु हुने गरी जारी गरेको न्यूनतम पारिश्रमिक र आधारभुत पारिश्रमिक समेत नदिएको नेपाल कारखाना श्रमिक संघ इकाई समिती अरविन्द पल्प एण्ड पेपर मिल्स लिमिडेका अध्यक्ष मनोज कुमार मेहताले आरोप लगाएका छन् ।

उता उनीहरुले गत वर्ष २०७९-०८-१६ गते अरविन्द पल्प एण्ड पेपर मिल्स प्रा.लि. र युनियन प्रतिनिधि व्यवस्थापक पक्ष वीच सामुहिक मागदावी द्धपक्षीय वार्ता समेत बसेका थिए ।

उक्त वर्तामा पारश अग्रवाल, फडिन्द्र वा. ढकाल,विवेकानन्द कर्ण (व्यवस्थापक पक्ष) र मनोज कु. मेहता,शंकर यादव,अस्तिलाल चौधरी,रमेश यादव,श्याम यादव (मजदुर प्रतिनिधि) लगायतका बीचमा विभिन्न १० बुंदे सहमति गरिएको थियो ।

उनीहरुबीच भएको सहमतिमा श्रम ऐन श्रम नियमावली लागुपर्ने, नेपाल सरकारले तोके अनुसार पारिश्रमिक दिनुपर्ने,साइकल स्टेन व्यवस्थित गर्नुपर्ने,स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, चमेना गृहको स्तर उन्नति गर्नुपर्ने, शौचालय तथा वासरुम(वाथरुम)को उचित व्यवस्था गर्नुपर्ने,सामाजिक सुरक्षा कोष लागु गर्नुपर्ने लगायतका सहमति गरेका थिए । तर हालसम्म उनीहरुको माग कम्पनीले पूरा गराउन नसकेको युनियनका अध्यक्ष मेहताको कथन छ ।

तर सञ्चालक समितिका तर्फबाट अंकित अग्रवाल सहितले श्रमिकहरुलाई विभिन्न किसिमका धाकधम्की दिदैँ महिला र पूरुष श्रमिकहरुलाई श्रम शोषण गरिरहेको युनियन इकाई समितिका अध्यक्ष मेहताले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दाफा १०६ बमोजिम २०८० साउन १ गते लागु गरेको न्यूनतम पारिश्रमिक ६६८ रुपैयाँ दिनुपर्नेमा प्रति कामदार १ दिन बराबर महिला कामदारहरुलाई प्रतिदिन ४२० रुपैयाँ र पूरुष कामदारहरुलाई प्रतिदिन ६१० रुपैयाँ दिइरहेको बताए ।

उता सञ्चालक समितिका सदस्य अंकित अग्रवालसँग मंगलबार प्रदेश प्वाइन्ट अनलाइन पत्रिकाका सम्पादक दिपेन्द्र यादवले कुरागर्दा उनले भने हामी सहमतिमा कारखाना संचालन गर्दै आएको र हाल देशको अवस्था खराब भएको कारण हामीसँग कुनै सम्झौता पत्र नरहेको बताएका थिए ।

यता श्रमिकले आफ्नो कार्यस्थलमा काम गरेवापत पारिश्रमिक मात्र होइन, अन्य केही आधारभूत सुविधाहरु समेत प्राप्त गर्ने हैसियत राख्दछ । जसलाई श्रमिक अधिकार पनि भनिन्छ । श्रमिक अधिकारलाई मानव अधिकार पनि भनिन्छ । श्रमिक अधिकारबाट वञ्चित रहेका श्रमिकहरुलाई अधिकार सम्पन्न बनाउने कार्य ट्रेड युनियनले गर्नु पर्दछ । अधिकार भन्ने कुरा उपहार होइन। तसर्थ यसको उपभोग गर्नबाट वञ्चित हुनु भनेको आफ्नो अधिकारका बारेमा ज्ञान नहुनु वा श्रमिकहरु असंगठित हुनु नै हो । कामको प्रकृति र प्रतिष्ठानको अवस्थाअनुसार श्रमिकले धेरै अधिकारहरुको माग गर्न सक्छन् तर पनि निम्नानुसारका आधारभूत श्रमिक अधिकारहरुलाई व्यवस्थापकले उपलब्ध गराउनु पर्ने आजको आवश्यकता रहेको छ । श्रमिकले श्रम खर्च गर्ने र रोजगारदाताले पूँजी लगानी गर्ने हुँदा उनीहरुका आवश्यकता र चाहनाहरु फरक फरक हुन्छन। एक्लो श्रमिकले आफ्नो समस्या समाधान गर्न जति कठीन हुन्छ, तर त्यही समस्या समाधान गर्न एउटा समूह वा संगठित शक्ति नै लागि पर्यो भने धेरै सजिलो हुन्छ । असंगठित श्रमिकलाई शोषण र अन्याय गर्न व्यवस्थापकलाई धेरै सजिलो भएको युनियनका इकाई अध्यक्ष मेहताले जानकारी दिए ।

उनले जानकारीअनुसार श्रमिकहरु संगठित छन् भने कसै माथी अन्याय परेमा त्यसको समाधानका लागि सबै एकजुट हुने हुँदा व्यवस्थापकले श्रमिकमाथी सजिलै शोषण गर्न सक्दैन । श्रमिकले संगठित भएर युनियन संचालन गरेको खण्डमा श्रमिकमाथी आइपर्ने सबै समस्याको समाधान गर्न ट्रेड युनियन लागिपरेको बताए ।

उनले भने संचालक अग्रवालका कारण श्रमिकहरुले आफुलाई असहाय, अशक्त र असुरक्षित महसुस गरिरहेका छन् । यता ट्रेड युनियनका पदाधिकारीहरुले श्रमिकको समस्या समाधान गर्न पहल गर्ने हुदाँ पीडित श्रमिक स्वयंले आफ्नो काम छाडेर आफ्ना माग सम्बोधन गराउन सम्बन्धित निकाय दौडिरहेका छन् । त्यस्तै श्रमिकको सुरक्षा, सामाजिक सुरक्षा, उपयुक्त पारिश्रमिक लगायतका विषय पर्याप्त नभएको भन्दै स्थानीय समाजसेवी युवा तथा पत्रकार दिपेन्द्र यादवले समेत श्रमिकको अधिकारको महत्त्वपूर्ण मुद्दा भनेको रोजगारीको सुरक्षा रहेको बताए ।

कम्पनीले प्रत्येक श्रमिकलाई नियुक्तिपत्र, बीमा, सामाजिक सुरक्षा, उपयुक्त पारिश्रमिकविना नै श्रमिकहरू काम गर्न बाध्य भइरहेको कारण तत्काल उनीहरुको माग सम्बोधन गर्न संचालक अग्रवाललाई आग्रह गरेको छ।

उनले भने ‘सेक्टर चाहिँ फर्मल हुन्छन् । तर, कामदार भने इन्फर्मल हुन्छन् । नियुक्तिपत्र नदिएर काममा लगाउने गरेको देखिन्छ,’कतिपय क्षेत्रमा राज्यले तोकेको न्यूनतम पारिश्रमिकभन्दा पनि निकै कममा काम गर्न बाध्य रहेको उनले बताए ।‘राज्यले अहिले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रूपैयाँ हो । त्यो पनि उपयुक्त हो कि होइन भन्ने प्रश्न छ ।

 

 

Tags: अरविन्दआन्दोलीतकार्यरत्तपल्प एण्ड पेपरमजदुरहरुमिलमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist