इनरुवा। सुनसरीको इनरुवामा पहिलो पटक उराँव भाषा सरासर पढ्न लेखन सिकाउने १५ जना दक्ष शिक्षकहरू उत्पादन भएको छ । स्थानीय मातृभाषा संरक्षणमा जोड दिदै आएको संस्थाहरुको सहयोगमा सुनसरीमा उराँव भाषा सरासर पढ्न लेखन सिकाउन सक्ने १५ जना शिक्षकहरूको उत्पादन गरिएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान ईनरूवाको आयोजना तथा हिमाली आदिवासी समाज काठमाडौंको सहयोगमा उराँव भाषा सरासर पढ्न लेखन सिकाउने १५ जना शिक्षकहरूलाई तालिम दिएर जनशक्ती तयार गरिएको संस्थाका सम्पतलाल उराँवले जानकारी दिए। इनरुवामा सञ्चालित उराँव भाषा सरासर पढ्न लेखन सिकाउने १५ जना शिक्षकहरूको लागि दुई दिने तालिम सम्पन्न भएको छ । तालिम तथा उराँव समुदायमा एक महिना कक्षा सञ्चालनका लागि १५ ठाउँका लागि आवश्यक पाठयसामग्री समेत पठाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post