• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नवदुर्गा सहकारी डुबाउनेमा सञ्चालक, पूर्वसञ्चालक र कर्मचारी मुख्य दोषी रहेको छानविन समितीको प्रतिवेदन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ जेष्ठ १ गते, २२:०० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नवदुर्गा सहकारी डुबाउनेमा सञ्चालक, पूर्वसञ्चालक र कर्मचारी मुख्य दोषी रहेको छानविन समितीको प्रतिवेदन
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा सञ्चालित पुरानो र सबैभन्दा बढी आर्थिक कारोवार गर्दै आएको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड करिब दुई वर्षदेखि टाट पल्टिने स्थितिबाट गुज्रिदै आएको छ ।
लामो समयदेखि बन्द प्रायः रहेको सो सहकारीको इनरुवा १ शान्ति चोक स्थिति कार्यालयमा दैनिक बचतकर्ताहरु आफ्नो खुनपसिनाको बचत रकम लिन आएपनि कर्मचारी, सञ्चालक कोही नभेटी निराश भएर फर्किने गरेका छन ।
ऋण लगानी र संस्थाको सम्पत्तिभन्दा बचतकर्ताको रकम र सेयर सदस्यको लगानी फिर्ता गर्न बाँकी रहेको इनरुवाकै सबैभन्दा धनी संस्था कसरी एकाएक टाट पल्टियो भन्ने विषयमा सबै आश्चर्यमा परिरहेका छन ।
यस्तो आश्चयका बीच जिल्ला प्रशासन कार्यालय सुनसरी, सहकारी डिभिजन कार्यालय इनरुवा र बचतकर्ताहरुको सहभागितामा सो सहकारीको यथार्थ स्थिति बुझ्न गठन गरिएको छानविन समितिले सरोकारवालाहरुलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
सहकारी डिभिजनका लेखा विज्ञ भगिरथ खनाल, कैलास पञ्चारीया र तिलक निरौला सदस्य रहेको छानविन समितिले आफ्नो प्रतिवेदन तयार पारेर प्रमुख जिल्ला अधिकारी, सहकारी रजिष्टार र इनरुवा नगरपालिकालाई बुझाइसकेको छ।
जसमा स्पष्ट रुपमा वर्तमान सञ्चालक समिति, पूर्व सञ्चालक र कर्मचारीहरुको नाममा लिएको अधिकांश ऋणहरु, त्यस्तै उनीहरुकै परिवारको सदस्यको नाममा लिएको ठूलो रकमको ऋणहरु समयमा नबुझाउँदा समस्या संकटमा पर्दै गएको स्पष्ट किटान गरिएको छ ।
त्यस्तै ऐनले तोकेको सीमा बाहिर गएर पाँच वटा समूहलाई २ करोड रुपैयाको दरले दिईएको साढे नौ करोड रुपैया ऋण गरेको प्रतिवेदनले देखाएकोछ । ऐनले २० लाख रुपैयाभन्दा बढी त्यसरी ऋण लगानी गर्न नहुने गरी स्पष्ट सीमा तोकेको भएपनि नवदुर्गाका सञ्चालकहरुले ऐन कानूनलाई बेवास्ता गर्दै ठूलो परिमाणमा बचतकर्ताको रकम अनुत्पादक रुपमा लगानी गरेको र त्यसको भाँखा सकिएको लामो समयसम्म पनि फिर्ता हुने स्थिति नदेखिएकोले संस्थाका बचतकर्ताहरुको बचत जोखिममा परेको प्रतिवेदनले औल्याएको छ ।
सो सहकारीले पूर्व सञ्चालक दामोदर कोइरालाकी श्रीमती अर्चनाकुमारी अर्याललाई अध्यक्ष बनाएर दुई करोड रुपैया लगानी गरेको छ ।
त्यस्तै गरी लेखा समितिका संयोजक जितेन्द्र यादवको अध्यक्षतामा गठित समितिलाई डेढ करोड, उनैका छोरा राकेश यादवको अध्यक्षतामा गठित समितिलाई दुईकरोड रुपैया लगानी गरेको छ । जसको जमानत दिनेमा पूर्व अध्यक्ष दामोदर कोइरालाकी श्रीमति पनि छिन । भने स्वयम लेखा समिति संयोजक जितेन्द्र र राकेश पनि छन ।
त्यसैगरी एकै परिवारका सदस्यहरुको बहुमत रहेको दिपककुमार मेहताको अध्यक्षतमा रहेको रक्षा कृषि समूहलाई दुई करोड रुपैया लगानी गरिएको छ भने एउटै परिवारका सदस्यहरुको बहुमत रहेको धर्मराज कृषि समूहलाई पनि दुई करोड रुपैया लगानी गरिएको छ । जसको अध्यक्ष विणादेबी यादव रहेकी छिन ।
यी सदस्यहरुले ठूलो रकम ऋण लैजाँदा राखेको धितो निक्कै कमजोर रहेको छानविन समितिका सदस्य कैलास पञ्चारीय बताउँछन । उनी भन्छन, ‘जति उनीहरुले ऋण लगेका छन, उनीहरुले राखेको धितो बेच्दा पनि त्यो उठ्ने स्थिति छैन ।’
त्यसैगरी गरी सञ्चालक समितिले ऋण प्रवाह गर्दा अनियमित र अपरादर्शी रुपमा ऋण उपसमिति र मुल्यांक समितिबाट सिफारिस नभई आफूखुसी कमजोर धितोमा ऋण प्रवाह गरेको, ऋण समितिले सिफारिस गरेको भन्दा बढी सञ्चालक समितिले ऋण प्रवाह गरेको, ऋण समिति र मुल्यांकन समिति तीन तीन सदस्य रहेपनि समूहलाई ऋण प्रवाह गर्दा एक जनाको मात्रै हस्ताक्षर गरिएको फेला परेको प्रतिवेदनले औल्याएको छ ।
त्यसरी नै लगानी गरेको ऋण चुक्ता नगरी ऋण लिनेहरुको धितो र जमानत सञ्चालक समितिले आफूखुसी फुकुवा गरेको, कमअसल धितो र अपुग धितोमा सञ्चालक समितिले आफू निकटहरुलाई ऋण प्रवाह गरेको, विना धितो २५ हजार रुपैयासम्म ऋण प्रवाह गर्न पाउने ब्यवस्थाको दुरुपयोग गर्दै विना धितो  १० लाख रुपैयासम्म सञ्चालक समितिले आफूखुसी लगानी गरेको समेत भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी कबोजअनुसार समयमा ब्याज नतिर्ने र तोकिएको भाँखा नाघिसकेपछि ऋण असुलीका लागि कानूनी प्रक्रिया अवलम्बन नगरेको, असुल गर्नु पर्ने भन्दा धितो न्यून मुल्यांकन रहेकोले धितो लिलाम हुन नसक्दा बचतकर्ताहरुको रकम जोखिममा परेको प्रतिबेदनले किटान गरेको छ।
त्यसैगरी ऋणभन्दा बढी धितो रहेकाहरुको धितो भने संस्थाले नियतबस लिलामी नगरेर कुनै बहानामा सञ्चालकहरुल महंगो धितो आफै राख्ने हिसावमा नियतबस काम गरिरहेको छानविन समितिका सदस्य पञ्चारीयाले जानकारी दिए।
संस्थाले ऋण प्रवाह गरेको करिब २३ करोड रुपैया मध्ये सतप्रति सबै रकम खराव कर्जाको रुपमा रहेको छ भने बचतकर्ताको करिब २६ करोड रुपैया र सेयर सदस्यहरुको ४ करोड रुपैया रहेको छ । सबै खराब कर्जा उठाउँदासमेत बचतकर्ता र सेयरधनीको रकम फिर्ता गर्ने स्थितिमा संस्था देखिदैन ।

Tags: कर्मचारीछानविन समितीको प्रतिवेदनडुबाउनेमानवदुर्गा सहकारीपूर्वसञ्चालकमुख्य दोषीरहेकोसञ्चालक

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist