काठमाडौँ । चालू आर्धिक वर्षको १० महिनामा ६ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उनीहरू रोजगारको लागि विदेश पसेका हुन् । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७ सय ५ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् । गत आर्थिक वर्ष २०७९र८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात ७ थियो । विभागको तथ्याङ्क अनुसार गत आवको वैशाख सम्म वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २ सय ५५ जनाले देश छोडेका थिए ।विभागका अनुसार वैशाखमा १६ हजार ९ सय ४९ जना मलेसिया, संयुक्त अरब इमिरेट्स यूएईमा १६ हजार ५ सय १२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post