इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीमा एक बालिकाको हत्या भएको आशङ्का गरिएको छ । जेठ ४ गते हरिनगर गाउँपालिका-७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मी कुमारी सरदारको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उक्त घटनामा प्रहरीलाई जानकारी समेत नदिई स्थानीय जनप्रतिनिधि, अभिभाव र छिमेकीहरूले पोष्टमार्टम र प्रहरीलाई जानकारी समेत नदिई दाहसंस्कार गरेकाले बालिकाको हत्या भएको आशङ्का गरिएको हो ।
प्रहरीले तीन दिनपछि मात्रै घटनाबारे जानकारी पाएपछि यस विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
प्रहरी उपरीक्षक भण्डारीले बालिकाले हत्या गरेको वा आत्महत्या के भएको हो ? आफूहरूलाई जानकारी नदिएकाले थाहा भएन तर अनुसन्धानका लागि प्रहरी अधिकृत घटाएको जानकारी दिए ।
स्थानीयहरूले लक्ष्मीको स्थानीय सुरेश सरदारसँगको प्रेमसम्बन्ध रहेको र त्यसको विषयमा दुई परिवारका बिच विवादका कारणले हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । हरिनगर गाउँपालिका ७ का वडा अध्यक्ष मोजोपमिल खाँले समेत बालिकाको मृत्यु बारेमा थाहा नभएको र सुरुमा कालगतीले मरेको सुनिएको तर सबै कुरा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। वडा अध्यक्ष खाँले पछि बुझ्दा घुस्कीमा एक बालिकाले आत्महत्या गरेको सुनिएको बताए ।
मृतककी आमा रम्भा सरदारले आफू मकै भित्र्याउन गएको बेला छोरी झुण्डिएको थाहा पाएको प्रतिक्रिया दिए ।
उहाँले मृत्युको बारेमा आफूलाई थाहा नभएको र जनप्रतिनिधिहरूले प्रहरीमा जानकारी दिनुपर्ने भनेकाले दाहसंस्कार गरेको दाबी गरे।
प्रहरी कार्यालयमा भने निवेदन वा जाहेरी केही परेको छैन । नागरिक समाजका व्यक्तिहरूले भने सीमावर्ती क्षेत्रमा भएको घटना हत्या हुन सक्ने आशङ्कासँग जोड्दै सूक्ष्म छानबिन र अनुसन्धान गर्न माग गरेका छन् ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post