इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ ।
दर्पण कृषि सहकारी संस्था लिमिटेड भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ काे आयाेजना तथा कृषि ज्ञान केन्द्र सुनसरीको सहयाेगमा कृषि सामग्री वितरण गरेको हाे ।
सहकारी संस्थाले पहिलोपटक मकै उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र सुनसरीले उपलब्ध गराएको अनुदान रकममा कृषकको ७५ प्रतिशत सहभागिता थप गरी कृषि सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष शिवराम यादवले जानकारी दिएको छ ।
उनलेे दिएको जानकारीअनुसार पावर स्प्रे मेसिन १५ थान,त्रिपाल २५ थान, ५ हर्ष पावरकाे पम्पसेट मेसिन १ थान, उन्नत जातका मकै बीउ ३ सय केजी अनुदानमा वितरण गरिएको बताए ।
सहकारी संस्थाका अध्यक्ष यादवले कृषि सामग्री वितरण कार्यक्रममा बाेल्दै भने यहाँका किसान अनुदान पाउन थालेपछि अबका दिनमा मकै खेति तर्फ थप आकर्षित हुने बताएका छन् । उनलेे भने उन्नत बीउ र कृषि यन्त्रमा स्थानीय तह, प्रदेश सरकारले अनुदान दिन थालेपछि किसानलाई मकै खेति गर्न सहज हुने भएको कारण खेती लगाउन आकर्षित हुने बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post