दिपेन्द्र यादव/सुनसरी । भारतीय नाकाबाट तस्करी बढ्दै गएपछि सुनसरीको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिएको छ । नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने गरेको छ । प्रहरी एकाइले जति कडाइ र सतर्कता अपनाए पनि तस्करी नरोकिएपछि पछिल्लो समय सीमा नाकामा सुरक्षा चिन्ता बढेको हो ।
एक महिनाअघि सुनसरीको विभिन्न नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भने प्रहरीले केही दिनअघि सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो ।
सुनसरीसँग सीमा जोडिएका भाेक्राहा नरसिंह, हरिनगरा,देवानगञ्ज र भन्टाबारीबाटै प्रहरीले अवैध ब्रोइलर कुखुरा, अण्डा र लत्ताकपडा पनि प्रहरीले बरामद गर्दै आइरहेका छन् । उता प्रहरीले जाँचकै क्रममा विभिन्न नाकाबाट अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा विभिन्न जातका माछा , सुर्तीजन्य पदार्थ, लत्ताकपडा, किराना समान, गाजा लगायतका भन्सार छली गरेर ल्याउँदै गरेकोे समान बरामद गरी नष्ट गर्दै आएका छन् ।
यसरी भारतीय नाकाबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरीले थप सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । प्रहरीको आधाभन्दा बढी जनशक्ति सीमा नाकामा परिचालन गरिए पनि तस्करीका सामग्री, लागूऔषध लगायत बरामद हुने क्रम रोकिएको छैन् ।
सुनसरीमा भन्टाबारी, हरिनगरा, देवानगन्जसहित सात ओटाभन्दा बढी नाका छन् । सबै नाकामा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) स्थापना भइसकेका छन् । नेपाल प्रहरीले पनि नियमित जाँचलाई तीव्रता दिएको छ ।
यता भर्खरै सरूवा भई आएका सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले सीमा क्षेत्रका हुने गरेका अवैध गतिविधि नियन्त्रण गर्ने बताएका हुन् । उनले प्रदेश प्वाइन्ट अनलाइन मिडियासँग कुरा गर्दै भने तस्करी नियन्त्रण तथा अबैध गतिविधि राेक्नका लागि मातहतका सम्पूर्ण निकायहरूसँग आवश्यक छलफल तथा समन्वय गरि निगरानी तत्काल प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी दिएका छन् । उता अहिले दैनिकजसो तस्करीका सामान बरामद गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी दुईवटै सुरक्षा निकायले तस्करी नियन्त्रण गर्न आंशिक रूपमा सफल भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post