दिपेन्द्र यादव/सुनसरी – जिल्ला विपद् व्यवस्थापन समितिको बैठक मंगलबार जिल्ला प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा सुनसरी जिल्लाका सबैजना सुरक्षाका लागि पूर्वतयारी र प्राकृतिक प्रकोप व्यवस्थापन योजनालाई स्वीकृत गरिएको छ।
बैठकमा जिल्लाभरका जोखिम र पूर्वतयारीका कार्यहरूलाई प्रभावकारी बनाउनका लागि कार्यान्वयन समिति गठन गरिएको थियो। यसै क्रममा बैठकमा उपस्थित सबै सहभागीहरूले पूर्वतयारी योजनाको अनुरुप आ-आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण रूपले कटिबद्ध भएका थिए।
बैठकमा मुख्यरूपमा नदी तथा खोलाका नाला सफा गर्ने, पानी जम्न नदिने, नागरिकहरूलाई सचेत गराउने, र तटबन्ध निर्माण गर्ने जस्ता विषयहरूमा ध्यान केन्द्रित गरिएको थियो।
सुनसरी जिल्लामा बाढी, पहिरो, र अन्य प्राकृतिक प्रकोपहरूको जोखिमलाई मध्यनजर गर्दै बैठकले सुरक्षाका उपायहरूलाई सुदृढ बनाउने, र तदनुरुप आवश्यक तयारी गर्ने निर्णय गर्यो। बैठकले जनताको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै सूचना र जानकारीको प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गर्यो।
बैठकमा उपस्थित सबै राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संस्थाका प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू, र सञ्चारकर्मीहरूले बैठकका निर्णयहरूको स्वागत गर्दै, आफ्नो आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे।
जिल्ला प्रशासन कार्यालय, सुनसरीले यस वर्षको वर्षा याममा जनतालाई सुरक्षित राख्नका लागि सबै आवश्यक कदमहरू उठाउने र सबैलाई सतर्क रहन आग्रह गरेको छ।
Discussion about this post