दिपेन्द्र यादव/इनरुवा।सुनसरीको हरिनगर गाउँपालिकाले १७ औं गाउँ सभा सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष गफार अंसारीको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य इस्राइल मंसुरीको प्रमुख आतिथ्यतामा नीति तथा कार्यक्रमको प्रस्तुति गरिएको थियो।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रेमी अध्यक्ष अजमल अख्तर आजाद र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अंसारी विशेष अतिथिको रुपमा उपस्थित थिए। अजमल अख्तर आजादले आफ्नो भनाइमा समृद्धि र विकासका लागि सहयोग र समन्वयको महत्वमा जोड दिएका थिए। उनले भने, “गाउँपालिकाहरूको समृद्धि हाम्रो साझा उद्देश्य हो। यसका लागि हामी सबैले मिलेर काम गर्नु आवश्यक छ। मेरो लक्ष्य भनेको स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउनु हो। यसका लागि हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ र तिनको कार्यान्वयनमा सधैं तत्पर रहनुपर्छ।”
सो सभामा बोल्दै जनप्रेमी पालिका अध्यक्ष अजमल अख्तर आजादले आफ्नो विचार समेत राखेका थिए। उनले विकासका लागि समन्वय गर्नुपर्ने जोड दिँदै विभिन्न गाउँपालिकाबीच समन्वय र सहकार्यको आवश्यकतालाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने बताए। “हामी सबैले मिलेर काम गरे मात्र विकास सम्भव छ,” उनले भने। उनले जनतालाई स्थानीय विकास योजनामा समावेश गर्नुपर्नेमा जोड दिएका थिए। “जनताको सहभागिता बिना कुनै पनि विकास कार्यक्रम सफल हुन सक्दैन,” उनका भनाइ थियो।
सो क्रममा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष आजादले स्थानीय स्रोत र साधनको सही उपयोगबाटै गाउँपालिकाको दिगो विकास सम्भव हुने बताए। शिक्षा र स्वास्थ्यमा सुधार: अजमल अख्तर आजादले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजनाहरूको बारेमा जानकारी दिए। “शिक्षा र स्वास्थ्य हाम्रा प्रमुख प्राथमिकताहरू हुन्। हामीले यी क्षेत्रमा विशेष ध्यान दिनुपर्छ,” उनको भनाइ थियो।
प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य इस्राइल मंसुरीले भने, “हाम्रो लक्ष्य भनेको हरेक गाउँपालिकालाई आत्मनिर्भर बनाउनु हो। यसका लागि हामीले योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्छ र जनताको विश्वास जित्नुपर्छ।”
गाउँसभा अध्यक्ष गफार अंसारीले आफ्नो धारणा राख्दै भने, “हाम्रो गाउँपालिकाको विकास र समृद्धिका लागि सबैको साथ र सहयोग आवश्यक छ। हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ र तिनको सफल कार्यान्वयन गर्नुपर्छ।”
Discussion about this post