दिपेन्द्र यादव/सुनसरी– सुनसरी खाेलामा पानीकाे सतह उच्च भएपनि भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगतका बाढी प्रभावित क्षेत्रमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हातमा छाता लिएर स्थानिय जनप्रतिनिधिहरूसँग मिलेर बाढी नियन्त्रण तथा राहत कार्यमा सक्रिय सहभागिता जनाएका छन्।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ५ का वडाध्यक्ष हविव मंसुरी र वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव सहितका जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा विशेष निगरानी बढाएका छन्।
गाउँपालिकाले बाढीबाट प्रभावित क्षेत्रमा तात्कालिक राहत तथा पुनःस्थापना कार्यक्रम लागू गरिरहेको छ। यस क्रममा, गाउँपालिकाको नेतृत्वमा JCB मेसिनको सहायताले नाला तथा खाल्डाखुल्डी सफा गर्ने काम गरिरहेको छ।
अध्यक्ष आजादले कठिन परिस्थितिमा समेत मैदानमा उत्रेर बाढी नियन्त्रण र राहत कार्यमा व्यक्तिगत रूपले सहभागिता जनाएका छन्, जसले गाउँपालिकाका नागरिकहरूमा उत्साह र आशाको सञ्चार गरेको छ।
त्यस्तै गाउँपालिकाले बाढी नियन्त्रणका लागि जल निकासको व्यवस्थापन गर्न JCB मेसिनको प्रयोग गरेर पानीको निकासको मार्ग खुला राख्न विशेष ध्यान दिइएको छ।
त्यसैगरी बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सचेतनात्मक कार्यक्रमहरू सञ्चालन गरेर सुरक्षित स्थानमा सरुवा गर्न प्रोत्साहित गरिएको छ। भने जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रमा लगातार निगरानी बढाएर समस्या समाधानमा तत्परता देखाएका छन्।
अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा सञ्चालन भएको यो कार्यक्रमले भाेक्राहा नरसिंह गाउँपालिकामा बाढी नियन्त्रण र राहत कार्यमा महत्वपूर्ण योगदान पुर्याएको छ। उनले बाढीको समयमा जनताको सुरक्षालाई प्राथमिकता दिँदै, तत्काल राहत प्रदान गर्न र भविष्यमा यस्ता प्राकृतिक प्रकोपहरूको सामना गर्न तयार रहने प्रतिज्ञा गरेका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post