दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न विभिन्न योजनाहरूको अनुगमन कार्य तीब्र बनेको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको नेतृत्वमा रहेको अनुगमन टोलीले वडा नम्बर ६, ७, र ८ मा सम्पन्न भएका विभिन्न योजनाहरूको विशेष अनुगमन गरेका छन्। साथै बाँकी रहेका वडाहरूमा नियमित अनुगमन हुने याेजना शाखाका कर्मचारी रामचन्द्र यादवले जानकारी दिएका छन् ।
यता अनुगमन टोलीमा प्राविधिकहरूका साथै सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो। अनुगमन टोलीले गाउँपालिकाकाे सदरमुकाम चिराैली चाैकमा निर्माण निर्माण सम्पन्न गर्न बाँकी रहेका याेजना, विभिन्न मन्दिर, बाटो, निर्माण सम्पन्न भएको कालोपत्रे सडक, विभिन्न स्कूल, मदरसा लगायतका संरचनाहरूको निरीक्षण गरेका छन् ।
“जनप्रेमी” पालिका अध्यक्ष अजमल अख्तर आजादले अनुगमनको क्रममा भने, “हामीले गाउँपालिकाको विकासका लागि थुप्रै योजनाहरू सम्पन्न गरेका छौं। सम्पन्न भइसकेका योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन महत्त्वपूर्ण छ। अनुगमनले कामको गुणस्तरमा सुधार ल्याउँछ र यसले हाम्रो उद्देश्यलाई सफलतामा बदल्न सहयोग गर्दछ।”
त्यस्तै “अनुभवी तथा विकास प्रेमी” प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले भने, “हामी विकासका कामहरूमा कुनै पनि सम्झौता गर्दैनौं। अनुगमनले हाम्रो कामको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छ। यसले स्थानीय बासिन्दाहरूको विश्वास पनि जित्छ।”
उहाँले भने भाेक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएकोे विकास निर्माणका योजनाहरूले स्थानीय बासिन्दाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यस क्रममा प्राविधिक र सञ्चारकर्मीहरूको सहकार्यले अनुगमन कार्यलाई अझ प्रभावकारी बनाएको प्राविधिक सुनिल विक्रम सिंहले जानकारी दिए ।
उनलेे भने गाउँपालिकाको विकासका यस्ता पहलहरूले स्थानीय समुदायलाई ठूलो लाभ पुर्याउनेछ र यसले गाउँपालिकाको समग्र विकासलाई थप सहयोग पुगेको बताए।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post