• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि सामुदायिक अभियान:

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ असार १७ गते, १९:५५ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि सामुदायिक अभियान:
32
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/इनरुवा – फ्यान क्लब सुनसरी र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त आयोजनामा आज सोमबार भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा टी-सर्ट वितरण तथा फ्यान बुलेटिन अभिमुखीकरण कक्षा सञ्चालन भएको छ।
उक्त कार्यक्रममा अध्यक्षताको भूमिका फ्यान जिल्ला कार्य सम्पादन समितिका संयोजक एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले निर्वाह गरेका थिए। प्रमुख अतिथिको रूपमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले कार्यक्रमको शोभा बढाएका थिए। कार्यक्रममा अतिथिको रूपमा यसै गाउँपालिकाका वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु उपस्थित थिए।
उक्त कार्यक्रमको मुख्य उद्देश्य फ्यान बुलेटिनको बारेमा जानकारी दिनु, लागुऔषध दुर्व्यसन विरुद्धको अभियानलाई प्रभावकारी बनाउनु र समुदाय-प्रहरी साझेदारीलाई सुदृढ बनाउनु रहेको थियो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले लागुऔषध सम्बन्धी ऐन, २०३३ (नियन्त्रण र नियमन) र त्यसका प्रावधानहरु बारे विस्तृत रुपमा जानकारी गराएका थिए।
कार्यक्रममा सहभागीहरुमा लागुऔषध दुरुपयोग विरुद्ध सचेतना फैलाउनको लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। फ्यान बुलेटिनको अभिमुखीकरण कक्षामा सहभागि सबैले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।
फ्यान क्लबको पहलले लागुऔषध दुर्व्यसन विरुद्धको संघर्षमा समुदाय र प्रहरीले मिलेर काम गर्ने वातावरण सिर्जना गरेको आयोजकहरुले बताएका छन्।
त्यस्तै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने, “लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि हामी सबै मिलेर प्रयास गर्नु आवश्यक छ। फ्यान क्लबको यो पहलले हाम्रो समुदायमा सकारात्मक परिवर्तन ल्याउनेछ। हामीले टोल-टोलमा स्वयंसेवक परिचालन गरेर लागुऔषध दुरुपयोग विरुद्धको चेतना फैलाउने छौं। यस प्रकारका कार्यक्रमलाई निरन्तर रुपमा आयोजना गरेर हामी समाजलाई सुरक्षित र स्वस्थ बनाउन प्रतिबद्ध छौं।”
कार्यक्रममा सहभागीहरुले यस प्रकारको अभिमुखीकरण कक्षा निरन्तर रुपमा आयोजना गर्नुपर्नेमा जोड दिएका छन्, जसबाट समुदायमा लागुऔषध दुरुपयोग विरुद्धको चेतना अझ व्यापक रुपमा फैलाउन सकिनेछ। साथै, समुदायमा हुने गरेका प्रमुख घटना तथा लागुऔषध न्यूनीकरण गर्नका लागि टोल-टोलमा स्वयंसेवक समेत परिचालन गरिएका छन्।

Tags: अभिमुखीकरण कक्षाअभियानदुर्व्यसन न्यूनीकरणकाभोक्राहा नरसिंहमालागिलागुऔषधसञ्चालनसामुदायिक

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist