दिपेन्द्र यादव /इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले वैदेशिक रोजगारबाट फर्केका आप्रवासी कामदारको हकहितका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ। आज भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको सभाहलमा आयोजित आप्रवासी कामदारहरूको क्षमता अभिवृद्धि तालिममा अध्यक्ष आजादले आप्रवासी कामदार तथा उनीहरूको परिवारको लागि सहयोग गर्न गाउँपालिका सधैं तयार रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष आजादले आप्रवासी कामदारहरूको लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरूको योजना निर्माण गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बेरोजगार आप्रवासीहरूलाई सीप अनुसार रोजगारको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने योजनामा रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार, गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्केका आप्रवासी कामदारहरूको सीप तथा क्षमता अभिवृद्धि गर्न निरन्तर तालिमहरू आयोजना गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै अगाडि बढ्नेछ।
यस अवसरमा उपस्थित आप्रवासी कामदारहरूले पनि आफ्नो अनुभव तथा सुझावहरू साझा गरेका थिए । उनीहरूले गाउँपालिकाको सहयोगलाई सकारात्मक रूपमा लिँदै भविष्यमा पनि यस्ता तालिमहरू निरन्तर रूपमा आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा विभिन्न संघसंस्था, आप्रवासी कामदार तथा स्थानिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सबैले आप्रवासी कामदारहरूको हकहित र समृद्धिका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post