बराहक्षेत्र । गत आइतवार दिउँसो करिब १ बजेको समयमा वराहक्षेत्र वडा नं ६ स्थित बोराबाद क्षेत्र नजिक सप्तकोशी नदिमा बेपता भएकी वडा नं ३ इक्राई घर भएकी १५ बर्षिय मनिषा नेपाली हालसम्म फेला पर्न सकेकि छैनन् । उनको खोजि कार्य भइराखेको छ ।
नगर प्रमुख रमेश कार्की आफै खोजि कार्यमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी र स्थानीयहरुको सहयोगमा लागि परेका छन् । नगरपालिकाको र सशस्त्र प्रहरीको पानि बोटसंगै सशस्त्र प्रहरीको गोदा खोर टोलीको साहयतामा खोजि कार्य भइ राखेको छ ।
कोशी नदिमा बेपता भएकी मनिसा साथिहरुसंग कोशी घुम्न गएकि थिईन् । कोशीको छालमा खेल्ने क्रममा मनिषालाई कोशीले बगाएको उनिसंगै गएकि साथिहरु बताएको इलका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राईले बताए ।
हाल नगर प्रमुख कार्कीको अगुवाईमा भइ राखेको खोजि कार्यमा इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राई सहितको टोली , सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका प्रमुख सशस्त्र प्रहरी निरिक्षक शंकर कुमार कोईरला सहित टोली खोज तथा उद्बार टोली , नगर प्रहरीको टोली , स्थानिय र परिवारहरु लागि परेका छन् ।
Discussion about this post