जनकपुरधाम । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले सहिद राम मनोहर यादव पार्क निर्माण गर्नको लागि जग्गा निरिक्षण गरेका छन् ।
सोमबार सप्तरीको तिरहुत गाउँपालिकास्थित बरखण्डित बाबा महादेव मन्दिर नजिकै स्वराज आन्दोलनको क्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्नको लागि मधेश सरकारका वन मन्त्री त्रिभुवन साहसहितको टिम जग्गा निरिक्षण गरेका हुन् ।
निरिक्षण गर्न वन मन्त्री त्रिभुवन साह,राज्यमन्त्री रंजु खंग,जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जय कान्त राउत,वन डिभिजन कार्यलय सप्तरी प्रमुख सुभाष दास र गाउँपालिका अध्यक्ष बिजय यादवसहितको संयुक्त टिमले जग्गा निरिक्षण गरेको वन मन्त्रीका सचिवालयले बताए ।
मधेश सरकारले चालू आर्थिक वर्ष ८१/८२ मा सहिद राम मनोहर यादवको नाउमा पार्क निर्माण गर्नको लागि बजेट छुट्याइएको छ।
Discussion about this post