• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

केन्द्रले हस्तक्षेप गर्दा प्रदेशका नेताहरू ‘निरीह’

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ साउन १४ गते, १२:४९ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
केन्द्रले हस्तक्षेप गर्दा प्रदेशका नेताहरू ‘निरीह’
14
SHARES
Share on FacebookShare on Twitter

सुनसरी- कोशी प्रदेशमा सरकार विस्तारमा केन्द्रले हस्तक्षेप गर्दा प्रदेशका नेताहरू ‘निरीह’ बनेका छन्। केन्द्रले  निर्णय गर्न ढिलाइ गर्दा हालसम्म पनि नेपाली कांग्रेस कोशीले मन्त्रीको नाम टुंग्याउन सकेको छैन।
कांग्रेसमा मात्रै होइन अन्य दलमा पनि प्रदेशमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय केन्द्रको तजबिजमै हुँदै आएको छ। प्रदेश सरकार भनिए पनि केन्द्रकै निर्णयमा भर पर्नुपर्दा नेताहरू निरीह बनेका हुन्। यही कारण प्रदेशलाई डमी (प्रतिरूप) मात्रै बनाइएको टिप्पणी गरिरहेका छन्।
केन्द्रमा नेपाली कांग्रेससँग गठबन्धन गरेर केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि कोशीमा सरकार विस्तार हुने चरणमा छ। माओवादी केन्द्र बाहिरिएपछि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कांग्रेसलाई सरकारमा सहभागी गराउन खोजेका हुन्।
माओवादीका मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाइसक्दा पनि कांग्रेसले मन्त्रीले नाम  पठाउन सकेको छैन। मन्त्री बन्ने लबिइङसहित कांग्रेस सांसदहरू मन्त्रीका लागि दौडधुप गरिरहेका छन्। कांग्रेसले चार मन्त्रालय पाउनेछ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा मन्त्रीहरूको नाम केन्द्रबाटै टुंगो लाग्ने भएकाले केही समय लाग्ने बताउँछन्। ‘केन्द्रका नेताहरू बसेर मन्त्रीको नाम टुंगो लगाउनुहुन्छ,’ ,’ थापाले भने, ‘अहिलेसम्म मन्त्रालय टुंगो लागिसकेको छैन। मन्त्रीको नाम त पछि मात्रै टुंगो लाग्छ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री छनोट गरी पठाउने नेताहरू बताउँछन्।
थापाका अनुसार बुधबार संसदीय दलको बैठक बस्नेछ। ‘अब बुधबार बैठक बस्छ। त्यसपछि। त्यसपछि हामी सरकारमा जाने प्रक्रिया प्रारम्भ गर्छौँ,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका थापाले हिमाल प्रेससँग भने, ‘हालसम्म तीनवटा मन्त्रालयको टुंगो लागेको छ। कांग्रेसले पाउने चारमध्ये एउटा मन्त्रालयको टुंगो लागेको छैन।’
थापाका अनुसार कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय लिने निर्णय भइसकेको छ। यी तीनवटै मन्त्रालय यसअघि माओवादीसँग थियो। कांग्रेसले यी बाहेक सामाजिक विकास र कृषि मन्त्रालयमध्ये एउटा लिनसक्ने सम्भावना छ। सबै मन्त्रालय र मन्त्रीको टुंगो लागेपछि एक सातासम्ममा सरकारमा सहभागी हुने थापाले बताए। उनले भने, ‘सबै मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेपछि हप्ता, दस दिनभित्र सरकारमा सहभागी हुन्छौँ।’
कांग्रेसमा आन्तरिक विवादले मन्त्री छान्न सकस
नेपाली कांग्रेसमा आन्तरिक गुटमा भागबन्डा नमिल्दा प्रदेश सरकारमा जाने मन्त्री छनोटमा सकस परेको छ। सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र शेखर कोइराला समूहबीच भागबण्डामा कुरा मिल्न नसक्दा कांग्रेस सरकारमा जान नसकिरहेको कांग्रेस नेताहरूले बताएका हुन्।
कोशीमा संस्थापन समूहबाट अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, भीम पराजुली, भूपेन्द्र राई तथा इतर (शेखर कोइराला) पक्षबाट शमशेर राई, रामकुमार खत्री, गोविन्द गिरीलगायत सांसद मन्त्री बन्ने दौडमा छन्।मन्त्रीको टुंगो लगाउन सोमबार पार्टीको बैठक डाकिएको छ। कांग्रेस कोशी प्रदेशसभाका प्रमुख सचेतक गोपाल तामाङले सोमबार पार्टीको कार्यसम्पादन बैठक बस्ने र त्यसपछि बिहीबारसम्ममा मन्त्रीहरूको नाम टुंगो लाग्ने बताए।
कोशी प्रदेशमा धेरैजना मन्त्रीका आकांक्षी भएका कारण पनि छनोट गर्न समस्या भएको उनको भनाइ छ। ‘केहीबाहेक अरू सबै मन्त्रीका आकांक्षी हुनुहुन्छ। सांसद। सांसद भएपछि मन्त्रीको आकांक्षा राख्नु स्वाभाविक पनि हो,’ उनले भने, ‘एकएक वर्ष पनि नबित्दै सरकार परिवर्तन भइरहेका कारण पनि सबैले मन्त्री हुनुपर्छ भनेर आकांक्षा राखेको हुनुपर्छ।’
उनका अनुसार पूर्वमुख्यमन्त्रीद्वय उद्धव थापा, केदार कार्की र आफूबाहेक कांग्रेसका २६ जना सांसद मन्त्रीको आकांक्षी छन्। ९३ सदस्यीय कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन्। तीनजनाबाहेक सबै मन्त्रीका आकांक्षी हुँदा छनोटमा समस्या भएको तामाङले बताए।
यसमा अमृत अर्यालको विषयमा भने अस्पष्ट रहेको तामाङले बताए। उनले भने, ‘अमृत दाइचाहिँ मन्त्री हुने कि नहुने भन्नेबारे अस्पष्ट छ। सरकारको नेतृत्व गरेर जाने पो हो कि भन्ने पनि छ।’पुरानै शैलीमा मन्त्री छनोट हुँदा पनि समस्या देखा परेको उनी बताउँछन्। तामाङले भने, ‘भूगोल, जात, लिंगका आधारमा मन्त्री हुने भए पहिचान गर्न सहज हुन्थ्यो। यहाँ त पुरानै शैलीमा मन्त्री छनोट हुँदै आएको छ। त्यसैले अहिल्यै केही भन्न सकिन्न।’
उनले ‘नेताको नजरमा परेकाहरू’ मन्त्री बन्ने तयारीमा रहेको जनाए। खासगरी बागमती र लुम्बिनी प्रदेशमा विवाद भएका कारण पनि कोशीमा हालसम्म मन्त्री छनोट गर्न नसकिएको उनले जनाए।
‘कोशी प्रदेशको विषय अन्तिममा टुंगो लगाउने भन्ने यसअघि नै निर्णय भइसकेको थियो,’ तामाङले भने, ‘अरूतिर विवादका कारण र कांग्रेसकै पनि विवाद भएकाले समस्या भएको हो। अरू प्रदेशभन्दा यो प्रदेश अलिक संवेदनशील पनि छ, त्यसैले यो अवस्था निम्तिएको हो। बिहीबारसम्म केन्द्रबाट सबै टुंगो लाग्ला।’ विराटनगरमा सोमबार बस्ने कांग्रेस कोशी प्रदेश समितिको बैठकमा कांग्रेस कोशी सरकारमा सहभागी हुने, आलोपालो मुख्यमन्त्री बन्ने र अहिलेको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउने विषयमा छलफल हुने थापाले बताए।
‘डमी’ प्रदेश
संघीयताको अभ्यास नै भद्दा मजाकको रूपमा गरिएको बताउँछन्, युवा राजनीतिज्ञ प्रकाशचन्द्र परियार। प्रादेशिक संरचना नै संविधानको मर्मअनुसार चल्न नसकेका कारण र जे गरिराखिएको छ त्यो संघीयताको भद्दा मजाक रहेको उनको तर्क छ।‘अझै पनि केन्द्रीय नेताहरूमा शासन सत्ताको धङधङी छ, हामीले आदेश दिने अनि अरूले अभ्यास गर्ने भन्ने तरिकाले जाँदा प्रदेश संरचना डमी एंगलमा गइरहेको छ,’ परियार भन्छन्, ‘यसले खर्च मात्रै बढाएको छैन, मूल मर्ममाथि प्रहार भएको छ।’ संघीय नेताको आशीर्वादबाट सबै नेताहरू बनेका कारण पनि प्रदेश संरचना ‘डमी’ बनेको उनी बताउँछन्।
‘प्रदेशलाई हाँक्छु र संघीय संसद्मा पनि इन्ट्रोभेसन राख्छु भन्ने भएका नेता नै भएनन्। जसले प्रदेशको विशिष्टतालाई कायम राख्न सकिएन। प्रदेश संरचनाको प्रवद्र्धनका निम्ति कसैले पनि लजिकल साहस गरेनन्,’ उनले भने, ‘सानो निर्णयमा पनि केन्द्रकै मुख ताक्नुपर्ने अभ्यासका कारण हामी चुकिरहेका छौँ। यसै कारण पनि प्रदेश नै नचाहिने विषयमा बहस हुन थाल्यो।’
उनले संघीयताको अन्तर्राष्ट्रिय अभ्यासबारे नेताहरू जानकार नहुँदासमेत प्रदेशले अधिकार प्रयोग गर्न नसकेको बताए। प्रदेशको मर्म, स्वायत्तता र बृहत्तर चिन्तनमा जानुपर्ने उनको भनाइ छ। उनले भने, ‘प्रदेशको अभ्यास खराब तरिकाले गरियो। नेता व्यवस्थापन गर्ने थलो मात्रै भयो। मौलिक स्वायत्तताको अभ्यास पनि भएन। यसले गर्दा प्रदेशहरू डमी बने।’

Tags: ‘निरीह’केन्द्रले हस्तक्षेपगर्दानेताहरूप्रदेशका

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist