विराटनगर । पछिल्लो समय मोरङका बोर्डरहरुमा व्यापक तस्करी भईरहेको छ । यस विषयमा विभिन्न संचार माध्यमहरुमा पटक पटक समाचारहरु प्रकाशनहरु भईसकेका छन् । बिवादित भएपछी केहि समय चुपलागेर बसेपनी पुन तस्करहरुसंग मोटो रकम लिएर तस्करी गराउन एसपी नवराज कार्की आफै लागिपरेका छन् ।
‘गृहमन्त्रीको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी सादा पोसाकमा घुमुवा प्रहरी हौँ भन्दै तस्करसँग साँठगाँठ गरी रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार भइराखेको छ ।
निर्णयलाई मध्यनजर गर्दै अगाडिका डिआईजी राजेशनाथ बाँस्तोलाले धुमुवा प्रहरीहरुलाई हटाएका थिए । तर मोरङ प्रहरी प्रमुख भएर नवराज कार्की आएसंगै बाँस्तोलाले सरुवा गरेर पठाएका प्रहरीहरुलाई पुन :बोर्डर केन्द्रित खटाएका छन् ।
तस्करहरुसंग लाईन मिलाएर अबैध रकम असुल्न प्रहरीहरुको गिरोह नै सक्रिय रुपमा लागिपरेको छ । एसपी नवराज कार्की मोरङ आए लगतै बिवादित प्रहरीहरुलाई सादा पोसाकमा खटाएर अहिले तस्करहरुसंगको मिलेमतोमा प्रहरीहरु नै तस्करीमा संलग्न भएका छन् ।
Discussion about this post