सुनसरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित वनखण्डी मन्दिर नजिक अनशन सुरु गरेका थिए। उनलाई निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार, कार्कीलाई नियन्त्रणमा लिएर उनलाई घर पुर्याइएको थियो। “निषेधित क्षेत्रमा अनशन बसेपछि नियन्त्रणमा लिई उहाँलाई घर लगेर छाडिएको हो। अहिले उहाँले निषेधित क्षेत्रबाहिर पुनः अनशन सुरु गर्नुभएको छ,” उनले भने।
पूर्व मुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकालाई विशिष्टिकृत उपचार सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्। अनशन घोषणा भएपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
Discussion about this post