विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको आयोजनामा सञ्चालित ५६ दिने रेडियो अपरेटर ग्रेड थ्री तालिमको १२औं समूहको समापन कार्यक्रम असोज ९ गते सम्पन्न भएको छ। साउन २ गतेदेखि सुरु भएको तालिम समापन कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सम्पन्न भएको हो।
समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले तालिमको महत्त्वमाथि प्रकाश पार्दै, प्रहरी संगठनको उद्देश्य परिपूर्ति गर्न सुचना प्रवाहलाई सुदृढ गर्न प्रहरी संचारको भूमिका निर्णायक रहेको बताए। उनले तालिमबाट सिकेको ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिए।
उक्त तालिममा ३१ जना पुरुष र ४ जना महिला प्रहरी कर्मचारीको सहभागिता रहेको थियो। समापन कार्यक्रममा प्रमुख अतिथि दाहालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
Discussion about this post