• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भाेक्राहा नरसिंहमा ७७६ गर्भवती महिलालाई डिग्निटी किट्स वितरण गर्दै

पालिका आज ३ सय ६७ जनालाई हस्तान्तरण

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ कार्तिक २९ गते, १९:२७ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भाेक्राहा नरसिंहमा ७७६ गर्भवती महिलालाई डिग्निटी किट्स वितरण गर्दै
67
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/इनरुवा – सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ७७६ डिग्निटी किट्स मध्ये ३६७ जना गर्भवती महिलालाई वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीको आयोजना र युएनएफपीए (संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष) तथा युनाइटेड नेशनको सहयोगमा भाेक्राहा नरसिंह गाउँपालिकाका वडाहरू १, २, ३ र ४ मा यो कार्यक्रम आयोजना गरिएको थियोे भने भाेली शुक्रबार ५,६,७ र ८ नम्बर वडामा कार्यक्रम आयाेजना गरि वितरण गर्ने समय तालिका रहेको स्वास्थ्य शाखाले जनाएको छ ।कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी भाेक्राहा नरसिंह गाउँपालिका उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा भएको हो। प्रमुख अतिथिको रूपमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद उपस्थित थिए।कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो। जिल्ला सदस्य इश्वर घिमिरे, स्वास्थ्य शाखा प्रमुख हिरालाल शाह, स्वास्थ्य चाैकी आकाहा प्रमुख रामाशंकर शाह, आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ३ का इन्चार्ज प्रतिभा यादव, वडा नम्बर ४ का इन्चार्ज दिनेश यादव, स्वास्थ्य शाखाकी सुनिता शाह, जिल्ला शाखा सुनसरीका कर्मचारी सन्तोष शर्मा, शोमनाथ भण्डारी, रामनाथ पण्डित लगायतका व्यक्तिहरू उपस्थित थिए।डिग्निटी किट्स वितरण कार्यक्रम विपद् प्रभावित महिला र किशोरीहरूको स्वास्थ्य र स्वच्छता अधिकारको सुनिश्चितता गर्ने उद्देश्यले आयोजना गरिएको हो।
वितरण गरिएको किटमा गर्भवती महिलाहरूका लागि स्वास्थ्य र स्वच्छता सामग्रीहरूको प्याकेज समावेश गरिएको छ, जसमा साबुन, सेनेटरी प्याड, साडी, टर्च लाइट, व्यक्तिगत स्वच्छता सामग्रीहरू र अन्य आवश्यक वस्तुहरू रहेका छन्।स्वास्थ्य शाखा प्रमुख हिरालाल शाहले कार्यक्रममा जोड दिँदै भने, “गर्भवती महिलाहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि यस प्रकारका कार्यक्रमहरू अत्यन्तै आवश्यक छन्। डिग्निटी किट्स वितरणले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ र उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नमा मद्दत पुर्याउनेछ।”
त्यसैगरी नेपाल रेडक्रस सोसाइटीका उपसभापति युवराज दाहालले भने, “हाम्रो संस्थाले सधैं विपद् र आपतकालीन परिस्थितिमा जनतालाई सहयोग पुर्याउने काम गर्दै आएको छ। यस कार्यक्रमले गर्भवती महिलाहरूको स्वास्थ्य र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास छ। यो हाम्रो सामाजिक दायित्व हो, र हामी भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्नेछौँ।”यता भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले डिग्निटी किट्स वितरणको महत्त्वलाई स्पष्ट गर्दै भने, “हाम्रो पालिकामा महिलाको स्वास्थ्य र समग्र जीवनस्तर सुधार्ने उद्देश्यले विभिन्न किसिमका कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइरहेका छौँ। यस कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको स्वास्थ्यको ख्याल राख्न महत्वपूर्ण योगदान पुर्याउनेछ। समाजको समग्र विकासका लागि महिलाको स्वास्थ्य र शिक्षा अति महत्त्वपूर्ण छन्, र यसका लागि हामी निरन्तर काम गर्दै जानेछौँ।”
साे वितरण कार्यक्रममा गर्भवती महिलाहरूले डिग्निटी किट्स प्राप्त गर्दा भाेक्राहा नरसिंह वडा नम्बर २ कि रामकुमारी ऋषिदेवकी अनुहारमा खुशीको संकेत स्पष्ट देखिन्थ्यो। किटमा समावेश सामग्रीहरूले उनीहरूको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्नमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, किट वितरणसँगै महिलाहरूलाई स्वास्थ्य र स्वच्छता सम्बन्धी महत्त्वपूर्ण जानकारी पनि प्रदान गरिएको छ।यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारीले कार्यक्रमको महत्त्वलाई दर्शाउँदै भने, “यस कार्यक्रमले विपद् प्रभावित र गर्भवती महिलाहरूलाई राहत पुर्याएको छ। युएनएफपीए र युनाइटेड नेशनका सहयोगमा यो कार्यक्रम पहिलोपटक भाेक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको हो, र यसले महिलाहरूको जीवनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास रहेको जानकारी दिए।”
यता भाेक्राहा नरसिंह गाउँपालिकाले भविष्यमा पनि महिलाका लागि यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। पालिका अध्यक्ष अजमल अख्तर आजादले भविष्यमा थप स्वास्थ्य र सामाजिक कल्याणका योजनाहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “महिला सशक्तिकरण र स्वास्थ्यका क्षेत्रहरूमा हाम्रो पालिका अग्रसर हुनेछ। हामीले सबै समुदायका सदस्यलाई समेटेर यस प्रकारका कार्यक्रमहरूलाई अघि बढाउनेछौँ।”डिग्निटी किट्स वितरण कार्यक्रमले भाेक्राहा नरसिंह गाउँपालिकाका ७७६ गर्भवती महिलाहरूको स्वास्थ्य र समग्र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको बताए ।

Tags: ३ सय ६७७७६ गर्भवतीआजजनालाईपालिकाभाेक्राहा नरसिंहमहिलालाई डिग्निटी किट्स वितरण गर्दैहस्तान्तरण

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist