• pradeshpoint
  • Pradeshpoint
Monday, April 27, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेशका विवादित ६ सांसद

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ मंसिर २ गते, १२:०० बजे प्रकाशित
in FEATURE, अपराध खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
कोशी प्रदेशका विवादित ६ सांसद
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश र संघ सरकारको अनुमतिविना नै कार्तिक १३ गते जापान उडेका उनले साथमा अन्य चार जनालाई लगेका थिए ।

तर, जापानको अध्यागमन विभागले नक्कली डकुमेन्ट मिलाएर आएको आरोप लगाउँदै मन्त्रीसहित पाँचै जनालाई नेपाल फर्काइदियो । मन्त्री अधिकारीसहितको टोली कार्तिक १७ गते नेपाल आयो । तर, अन्तर्राष्ट्रिय विमानस्थलबाटै तीन जना जनक राई, दावा तामाङ र कञ्चन देवकोटा पक्राउ परे । सँगै जापान गएका मन्त्री अधिकारी र अनिता तिमल्सिनालाई भने कागज गराएर छोडिएको थियो  |  अधिकारी मोरङको क्षेत्र नम्बर २ (२)बाट निर्वाचित एमालेका सांसद हुन् ।

कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा विवादमा पर्ने सांसद अधिकारीमात्रै छैनन् । सोलुखुम्बु निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित एमालेका सांसद बुद्धिकुमार राजभण्डारी गत साउनमा जुवाखालबाटै पक्राउ परेका थिए । कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री समेत रहेका राजभण्डारी जुवाको खालबाट साउन २६ गते समातिएका थिए ।

काठमाडौँको गौरीघाटस्थित राजु महतको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका भण्डारीसहित ११ जना तीन दिनपछि जनही १० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।
कोशी प्रदेशका सांसद तथा बहालवाला उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम पनि विवादित छन् । उनले २०८० साल भदौ अन्तिममा ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले तत्कालीन डीएसपी (हाल एसपी) लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका थिए ।

‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, कस्तो लुगा लगाउँछस्, के खान्छस्, तेरो बाउआमा कहाँ छन्, तेरो छोराछोरी कहाँ छन्, त्यो पनि पत्ता लगाएर हामी मार्छौं’, हाङगामले लिम्बूलाई धम्की दिँदै भनेका थिए ।

उनले धम्की दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आफूहरू मान्छे मार्न पनि नडराउने भन्दै उनले प्रहरी अधिकारीलाई धम्की दिएका थिए । हाङ्गामको उक्त विवाद कांग्रेस कार्यकर्ता र प्रहरीबिच झडप भएपछि आएको थियो । हाङ्गाम ताप्लेजुङ १ (२)बाट निर्वाचित कांग्रेसका प्रदेशसभा सदस्य हुन् ।

यस्तै विवादित छविको अर्को नाम हो– सांसद तथा पूर्व राज्यमन्त्री इन्दिरा थापा ।
कांग्रेसबाट समानुपातिक सांसद बनेकी थापाले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटामा आफ्नै घर निर्माण गरेको सार्वजनिक भएको थियो ।

धनकुटाको पाख्रिवास नगरपालिकामा आफ्नो परिवारको नाममा रहेको निजी जग्गामा थापाले प्रदेश सरकारको बजेटबाट घर निर्माण गरेको विषयमा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । हाल भने उक्त जग्गा केयर वुमेन नेपालको नाममा ल्याइसकेको थापाले बताएकी छन् ।

पाख्रीबास–८, मुगा ठेगाना रहेको केयर वुमेनको नाममा प्रदेश सरकारबाट २०७६ सालमा १ करोड १० लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट संस्थाकी अध्यक्ष रहेकी थापाले आफ्नै निजी जग्गामा घर निर्माण सुरु गरेकी थिइन् । २०७७ सालमा थापाले पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पुनः केयर वुमन नेपालको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट लगेको पाइएको थियो ।

त्यति मात्रै हैन, सो योजनामा प्रदेश सरकारले गत आर्थिक वर्षहरूमा थप १० लाख र २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । राज्यमन्त्री थापाकी आमा दुर्गादेवी थापाको नाममा रहेको सो जग्गामा भवन निर्माण भने भइसकेको छ ।

उता, सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनाल पनि मुछिएका छन् । उनका छोरा सुमन खनाल भने पक्राउ परिसकेका छन् । खनाललाई झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोप छ ।

खनाल सोही सहकारीका अध्यक्ष थिए । उनले बचतकर्ता र सेयर सदस्यको झण्डै एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका खनालका बुबा राधाकृष्ण खनाल झापा क्षेत्र नम्बर ४(१) बाट निर्वाचित एमालेका सांसद हुन् ।

यस्तै अर्का विवादित सांसद हुन् कांग्रेसका इस्राइल मन्सुरी । सरकार गठन प्रक्रियामा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद २०८० साउन १६ गतेदेखि खाली थियो । त्यही समयमा मन्सुरीले भने सभामुखको लेटरप्याड दुरुपयोग गर्दै एक पत्र सार्वजनिक गरेका थिए ।

मन्सुरीले प्रदेश सरकारले पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरूको विस्तृत विवरण सभामुखको लेटरप्याडमा आफ्नो नाम राखेर हस्ताक्षरसहित सार्वजनिक गरेका थिए । पत्रमा ‘माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल’ लेखिएको थियो । उक्त पत्र सार्वजनिक भएपछि उनले माफी माग्दै हटाएका थिए ।

Tags: ६कोशीप्रदेशकाविवादितसांसद

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist