• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नहुने सङ्केत

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ मंसिर ५ गते, १४:५१ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नहुने सङ्केत
15
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । मंसिर २३ र २४ गतेका लागि सारिएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नहुने सङ्केत देखिएको छ । नेतृत्व छनोटको विषयलाई पार्टीका उच्च नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि सम्मेलन अनिश्चित भएको हो ।

असोज (१०–१४) सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलन अन्तिम समयमा उमेर हद लगाउने कि नलगाउने विषयमा विवाद बढेपछि स्थगित भएको थियो । क्रान्तिकारीभित्र उमेर हदको विपक्षमा खासगरी उपाध्यक्ष तहका निवर्तमान पदाधिकारी उभिएका छन् । तल्लो तहका नेताहरू उमेर हदको पक्षमा छन् ।

उमेर हदको विषय टुङ्ग्याएर नेतृत्वका बारेमा सहमतिको प्रयास गर्ने, सहमति नभएको खण्डमा चुनावमा जाने तयारीका साथ असोज १० गते सम्मेलनको उदघाटन भएको थियो ।उमेर हद र नेतृत्वको विषय पेचिलो बन्दै गएपछि समय अभावको कारण देखाउँदै सम्मेलन नै स्थगित गरिएको थियो । पार्टी नेतृत्वले क्रान्तिकारीमा आफू अनुकूलको नेतृत्व ल्याउन चाहेपछि सम्मेलन अनिश्चयको घेरामा धकेलिएको एक नेताले बताए । ती नेताका अनुसार उपमहासचिव वर्षमान पुन लगायत अधिकांश पदाधिकारी अहिले निर्वाचनको विपक्षमा उभिएका छन् ।

निर्वाचन प्रक्रियामा आफ्ना मान्छे पराजित हुने स्थिति देखिएपछि पदाधिकारी मनोनीत हुनुपर्ने भन्दै उपमहासचिव पुन केही दिनअघि ५/७ जनाको नाम लिस्ट बोकेर पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न गएको बुझिएको छ । पुन लगायत अधिकांश पदाधिकारीले निर्वाचन प्रक्रियामा गए झन् भाँडभैलो हुने भन्दै अध्यक्ष प्रचण्डलाई दबाब दिएको ती नेताको दाबी छ ।

‘मंसिरको तेस्रो साता तोकिएको सम्मेलन हुने सम्भावना निकै न्यून छ । उपमहासचिव पुनले आफू अनुकूल व्यक्तिलाई नेतृत्वमा ल्याउन अध्यक्ष प्रचण्डसँग लविङ गरिराख्नुभएको छ,’ ती नेताले भने ।
पुनले पदाधिकारीमा क–कसलाई ल्याउने भनेर ५/७ जनाको नाम लिस्ट नै बोकेर केही दिनअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूसँग छलफल गरेको उनको दाबी छ ।
‘वर्षमानमात्र होइन, निर्वाचन गर्न नहुने पक्षमा अधिकांश पदाधिकारी उभिएका छन् । अहिले अध्यक्ष प्रचण्ड नै घेराबन्दीमा पर्नुभएको छ’, ती नेताले भने ।

नेतृत्वको स्वार्थ बाझिँदा सम्मेलन नै नहुने स्थितिमा पुगेपछि संगठनका इन्चार्ज हिमाल शर्मा र क्रान्तिकारीका निवर्तमान अध्यक्ष पञ्चा सिंहले गत शुक्रबार अध्यक्ष प्रचण्डलाई भेटेर निर्धारित समयमै सम्मेलन सम्पन्न गर्न सुझाव दिएका थिए । उनीहरूले निर्वाचन प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाउन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ ।

इन्चार्ज शर्माले निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउन प्रचण्ड सकारात्मक भएको दाबी गरे । सहमति वा मनोनयन प्रक्रियाबाट विवाद समाधान नहुने भन्दै उनले आफूले निर्वाचन प्रक्रियाबाटै समस्याको हल खोज्न सुझाव दिएको उनको भनाइ छ ।
‘नेतृत्व तहमा स्वार्थ अलगअलग होलान् । इन्चार्जको हैसियतले निर्धारित समयमै सम्मलेन सम्पन्न गर्न केही दिन अघि अध्यक्ष प्रचण्डलाई भेट्न गएको हो’, शर्माले भने, ‘निर्वाचन प्रक्रियाबाटै विवाद समाधान गर्न उहाँ (प्रचण्ड) सकारात्मक हुनुहुन्छ ।’

निर्वाचन प्रक्रिया बाहेक अन्य विकल्पमा गए संगठनमा झन् भाँडभैलो हुन सक्छ भनेर आफूले सुझाव दिएको शर्माले बताए । ‘हाम्रो जोड उमेर हद विवाद समाधान गरी निर्वाचन प्रक्रियाबाटै नेतृत्व छनोट गर्ने पक्षमा हुन्छ । संगठनको अनावश्यक झमेलामा पार्टी फस्नुहुँदैन,’ उनले भने ।
विधान संशोधन, स्थानीय तह उपनिर्वाचनको तयारीका विषयमा छलफल गर्न कात्तिक २६ गतेदेखि जारी पदाधिकारी बैठकमा विद्यार्थीको सम्मेलनबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । तर निर्वाचन गर्ने कि नगर्ने भन्नेबारे नेतृत्व तहमा कुनै मतभेद नदेखिएको उनको दाबी छ ।

 

‘विद्यार्थीको सम्मेलनको विषयमा सोमबार बस्ने पदाधिकारी बैठकमा छलफल हुन्छ । नेतृत्व छनोटको अधिकार हामीले संगठनलाई नै छोडेका छौँ । नेतृत्व तहमा कुनै विवाद छैन’, सापकोटाले भने ।

उपमहासचिव हरिबोल गजुरेलले फेरि देशभरका प्रतिनिधिलाई बोलाएर सम्मेलन हुने सम्भावना नरहेको बताए । सम्मेलन गर्ने अवसर विद्यार्थीको हातबाट फुत्किसकेको उनको भनाइ छ ।

‘नेतृत्व छनोट अघि विधान सम्मेलन गर्ने भनिएको थियो । उमेर हद टुङ्ग्याएर नेतृत्व छनोट गर्ने भनिएको थियो,’ गजुरेलले भने, ‘तर विद्यार्थी नेताहरूले मान्नुभएन । अधिकांशको माग उमेर हदको पक्षमा छ । अब फेरि देशभरका प्रतिनिधि बोलाएर सम्मेलन हुने सम्भावना छैन ।’ उनले यस विषयमा अब पार्टीले आवश्यक निर्णय गर्ने बताए ।

तर विद्यार्थी नेताहरूले निर्वाचन प्रक्रियामा जान नदिन सुनियोजित रूपमा पार्टी नेतृत्वले उमेर हदको विवाद निकालेको जिकिर गरेका छन् । निर्वाचन प्रक्रियामा गए नेताहरूको स्वार्थ अनुकूको नेतृत्व नआउने देखिएपछि भाँजो हालिएको नेताहरूको आरोप छ ।

‘हामी जसरी पनि निर्वाचनको पक्षमा छौँ । तर नेताहरूले आफू अनुकूलको नेतृत्व नआउने देखिएपछि सुनियोजित रूपमा भाँजो हाल्न खोजिएको छ । तर सफल हुन दिँदैनौँ । जसरी पनि निर्वाचन प्रक्रियामा लगेरै छाड्छौं’, एक विद्यार्थी नेताले भने ।

यता निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलले आफूहरू ३२ वर्षे उमेर हदको विपक्षमा रहेको बताए । जिल्ला, विश्वविद्यालय, प्रदेश सबै ठाउँमा उमेर हद लागु नभएको अवस्थामा एकैपल्ट केन्द्रमा उमेर हदको व्यवस्था लागु गर्ने कुरा आफूलाई मान्य नहुने उनको भनाइ छ ।

रावलसहितका केही नेता स्थगित बन्दसत्र मंसिर २३ मै सम्पन्न गर्न र नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न माग राख्दै मंगलबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा आमरण अनशन बसेका छन् । आफ्नो माग पूरा नभएसम्म अनशन जारी राख्ने रावलले बताए । अनशनमा रावलसहित केन्द्रीय सदस्यहरू खकेन्द्र रावल, जनक ढुंगाना लगायत छन् ।

पार्टीका उपमहासचिव गजुरेल भने अब आएर अनशन बस्नुको कुनै औचित्य नभएको बताउँछन् । अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले विद्यार्थीको अनशन र राष्ट्रिय सम्मेलनको विषयमा पदाधिकारी बैठकमा कुनै छलफल नभएको बताए ।

‘बैठक विधानमाथि उठेका प्रश्नको सम्बोधन गर्न र स्थानीय तह उपनिर्वाचनको सम्बन्धमा छलफल गर्न बोलाइएको हो । विद्यार्थीको मागको सम्बन्धमा कुनै छलफल भएको छैन’, पोखरेलले भने ।

असोज १३ गते क्रान्तिकारीको बन्दसत्रमा ३० र ३२ वर्ष उमेर हदको प्रस्ताव आएको थियो । प्रस्तावित उमेर हदमध्ये कुनैमा पनि सहमति नभएपछि बैठक स्थगित भएको थियो । उमेर हद लागु भएमा निवर्तमान उपाध्यक्ष, महासचिव र अधिकांश उपमहासचिव प्रतिस्पर्धाबाट बाहिरिनेछन् । त्यही भएर निवर्तमान पदाधिकारी उमेर हदको विपक्षमा देखिएका छन् ।

वैधानिक केन्द्रीय समिति भङ्ग भइसकेको र नयाँ नेतृत्व छनोट प्रक्रिया अवरुद्ध भएकाले संगठन अहिले अध्यक्षमण्डलको भरमा चलिरहेको छ ।

क्रान्तिकारीको भावी अध्यक्ष बन्ने दौडमा केशव रावल, मदन भुल, नरेश रेग्मी, जिपी मैनाली, दिपेश पुन, पवन कार्की, नारायण खनाल, मदन भट्टराईलगायत छन् । असोज १६ गते बसेको अध्यक्ष मण्डलको बैठकले सम्मेलन स्थगित भएको निर्णय गरेको थियो ।

Tags: अखिलक्रान्तिकारीकोनहुनेनिकटनेकपामाओवादीराष्ट्रिय सम्मेलनसङ्केत

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist