दोलखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका सेक्रेटरीसहित १६ जना नेता, कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीसहित १६ जना नेता, कार्यकर्ताले आज सामूहिक राजीनामा गरेका हुन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सम्बोधन गरी उनीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा विगत लामो समयदेखि पार्टीमा रहेर योगदान दिए पनि वर्तमान अवस्थामा विभिन्न कारणवश सँगै बस्न नसकिने अवस्था पैदा भएको उल्लेख गरिएको छ । पार्टी जिल्ला सेक्रेटरी योगीले कम्युनिष्टहरुको एकता, धुव्रिकरण र पुनर्मिलनका लागि सामूहिक राजीनामा दिएको र त्यसकालागि आफ्नो नेतृत्वमा ५१ सदस्यीय समिति समेत गठन गरेको बताए ।
सामूहिक राजीनामा दिनेहरुमा वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपालीलगायत रहेका छन् ।
नेकपाको दोलखा जिल्ला कमिटी तथा विभिन्न कमिटीको जिम्मेवारीमा रहेका नहकुल पोखरेल, दिपक केसी, मनोज भुजेल, कुमार मिजार, सिर्जना उप्रेती, मञ्जिला बस्नेत, सानुमाया थामी, रमेश तामाङ, शिरिष उप्रेती, कर्णवहादुर थामी, जयवहादुर खाती र पवित्रा थामीले पनि सामूहिक राजीनामा गरेका छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...









Discussion about this post