चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शाेक बिदा दिइएको छ । वडा नं. ५ स्थित श्री आदर्श आधारभूत विद्यालयका प्रा.वि.द्वितीय पदमा कार्यरत शिक्षक जन्नत हुसैनको असामयिक निधन भएको कारण एक दिन शाेक बिदा दिइएको हाे ।
शिक्षक जन्नत हुसैनले आफ्नो जीवनका मूल्यवान् वर्ष विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीकलागि समर्पित गरेका थिए। उनले विद्यालयको प्रगति र विद्यार्थीहरूको भलाइमा महत्त्वपूर्ण भूमिका निभाएकाे स्थानीय समाजसेवी उपेन्द्र यादवले बताए । शिक्षक जन्नत हुसैनको कार्यशैली र विद्यार्थीसँगको सम्बन्धले विद्यालयको शैक्षिक वातावरणलाई सकारात्मक बनाएको थियो।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिकाले शोक व्यक्त गर्दै मिति २०८१/०८/१३ गते बिहीबार शोक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाका कार्यालय र मातहतका सबै कार्यालय तथा शिक्षण संस्थाहरूमा शोक विदा दिइएको छ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सुनिता कुमारी उराँवले “जन्नत हुसैनको निधनले हामीलाई गहिरो पीडा दिएको छ। उनका योगदान र कार्यलाई सम्झिँदै, हामी सबैले आफ्नो शैक्षिक दायित्वलाई अझ जिम्मेवार तरिकामा पूरा गर्न प्रेरणा प्राप्त गरेका छौँ।” उनले मृतक शिक्षक जन्नत हुसैनका परिवारसँग संवेदना प्रकट गर्दै, उनकी आत्माको शान्तिको कामना गरेकी छन्।
शोक विदाका दिन सम्बन्धित सबै कार्यालय र शिक्षण संस्थाहरूले शोक प्रकट गर्दै शान्तिको वातावरण सिर्जना गर्ने प्रयास गर्नेछन्।










Discussion about this post