इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले शुक्रबार “बोर्डर आउट पोस्ट” भन्टावारी, प्रस्तावित गुल्मलाई एक थान प्रिन्टर हस्तान्तरण गरेको छ। उक्त प्रिन्टर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले सशस्त्र प्रहरीको उक्त बिओपीलाई हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सशस्त्र प्रहरीको कार्यलाई सहज बनाउन प्रिन्टरको महत्व र उपयोगिता उल्लेख गर्दै, कार्यालयका कामकाजी प्रक्रियामा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले भने, ” प्रिन्टर सुरक्षा र प्रशासनिक कार्यमा थप दक्षता ल्याउने छ, जसले सम्पूर्ण कार्यप्रवाहलाई अझ प्रभावकारी बनाउने छ।”
गाउँपालिकाले सुरक्षा व्यवस्थापन र समग्र प्रशासनिक सुधारका लागि यसअघि पनि विभिन्न सहयोग उपलब्ध गराएको छ। घिमिरेले आगामी दिनहरूमा यस्ता सहयोगहरूको निरन्तरता हुने आश्वासन पनि दिए। गाउँपालिकाले भन्टावारीका सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेललाई उक्त प्रिन्टर हस्तान्तरण गरिएको जिन्सी शाखा प्रमुख हिरा साहले जानकारी दिए ।










Discussion about this post