• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

शेखरलाई भावी सभापति र प्रधानमन्त्री बनाउने भाषण

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ मंसिर १९ गते, ११:४८ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, कला, पालिका खबर, शिक्षा समाचार, स्थानीय खबर
शेखरलाई भावी सभापति र प्रधानमन्त्री बनाउने भाषण
13
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विवादकाबिच नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आफ्नो गुटका पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम राखेको छ । उक्त कार्यक्रम मंगलबार नेता डा शेखर कोइरालाले उद्घाटन गरे ।
‘नेपाली कांग्रेस प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१’ लेखिएको ब्यानरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका १३७ मध्ये ११३ जना पालिका सभापतिको उपस्थिति रहेको उक्त समूहको दाबी छ ।
कार्यक्रम उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनेहरूले शेखर कोइरालालाई १५औँ महाधिवेशनबाट पार्टी सभापति बनाउने र ०८४ को आमनिर्वाचनपछि प्रधानमन्त्री बनाउने दाबी गरे । नेपाली कांग्रेसमा अहिले देखिएको समस्या र देशमा देखिएको समस्याका समाधान उनै शेखरले गर्ने उनीहरूको दाबी थियो ।
कांग्रेस ओखलढुङ्गाकी पूर्वसभापति गोमा केसीले शेखर कोइराला अबको प्रधानमन्त्री र अबको पार्टी सभापति हुने ठोकुवा गरिन् । पाँचथरका कांग्रेस पूर्वसभापति नरेन्द्र केरुङले अहिले कार्यकर्ताको मन र भावना टुटेको बताए । अहिले दुःखेका मनलाई मलम लगाउनुपर्ने बताउँदै उनले प्रशिक्षण कार्यक्रमले त्यो पूरा गर्ने विश्वास व्यक्त गरे ।
अरूभन्दा चर्को भाषण गरेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मातिर सङ्केत गर्दै आक्रोश व्यक्त गरे । ‘केन्द्रीय समितिमा चटक देखाउनेहरू मात्रै छन् । दुई वटा महामन्त्रीलाई विधान पढ्न पठाउनुपर्ने भयो,’ उनले भने, ‘शेखर कोइरालालाई तर्साउने काम नहोस् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जिल्ला सभापतिहरूलाई पठाएको पत्रको चर्चा गर्ने क्रमर्मा कार्की आक्रोशित बनेका हुन् । उनले आफू पदाधिकारी भए १५ लाख भोट बढाउँछु भन्नेहरूलाई कति भोट बढ्यो भनेर प्रश्न गर्नुपर्ने बताए ।
‘१५ लाख भोट बढाउँछु भनेर पदाधिकारी हुनेलाई सोध्नुहोला, उपनिर्वाचनमा कति भोट बढ्यो कति घट्यो नोटले भोट आउँदैन । भोट किन्छु र जित्छु भन्ने जमाना सकियो,’ उनले भने ।
सुनसरी सभापति केदार भण्डारी, मोरङ सभापति डिकबहादुर लिम्बूले शेखर कोइरालालाई सबै जनताले पर्खिएर बसेको दाबी गरे । ‘जनताको त्यो चाहनालाई तपाईंले व्यवस्थापन गर्नुपर्छ । १५औँ महाधिवेशनसम्म यो अभियान जारी रहनुपर्छ,’ लिम्बूले भने ।
उनले उपनिर्वाचनमा व्यहोरेको पराजयको नैतिक जिम्मा आफूले लिने पनि बताए ।
कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले केन्द्रीय कार्यालयले पठाएको पत्र ‘बम’ भनेर हल्ला गरेको भए पनि पटाकाको पनि काम नगरेको बताए । ‘केन्द्रको पत्रलाई बम भनियो । तर, त्यो पत्रले बमको होइन, पटाकाको पनि काम गरेन,’ उनले भने ।
थापाले पनि डाक्टर शेखर कोइरालालाई गिरिजाको झैँ भूमिका खेल्न सुझाव दिए । ‘यो कार्यक्रमले शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापति बनाउने कुराको सङ्कल्प पारित गरोस्,’ उनले भने ।
कांग्रेस नेता गुरूराज घिमिरेले हरेक निर्वाचनमा जनमत खुम्चँदै जानुको कारण के हो भन्नेबारे समीक्षा गर्नुपर्ने बताए । ‘पार्टीभित्र बाघचाल, बुद्धिचाल, चेस नखेलौँ । पार्टीभित्र घात–प्रतिघातको काम नगरौँ,’ घिमिरेले भने, ‘पार्टीको चाल, चेहरा र चरित्र बदल्न चाहन्छौँ ।’
त्यसका लागि डाक्टर शेखर कोइरालालाई नेतृत्वमा पुर्‍याउनु पर्ने उनको भनाइ थियो ।
घिमिरे पनि केन्द्रले पठाएको पत्रमै केन्द्रित हुँदै पार्टी कर्मचारीतन्त्रले नचल्ने टिप्पणी गरे । ‘विधानमै नभएको व्यवस्था उल्लेख गरेर पत्र पठाएको पाइयो । पालिका कमिटीले गोष्ठी, भेला, अभियान चलाउन पाउने विधानमै व्यवस्था छ । यो वैधानिक व्यवस्था हो,’ उनले भने, ‘कांग्रेस कर्मचारीतन्त्रले चल्दैन । पार्टी राजनीतिक परामर्श र सहकार्यमा चल्छ । केन्द्रीय कार्यालयबाट टेलिफोन गरेर अप्ठ्यारो पर्नसक्छ भन्नेसम्मका धम्की आए । पत्र पठाएर र तर्साउने प्रपञ्च भयो ।’
सांसद सरिता प्रसाईंले अर्को पक्षको भेला तथा कार्यक्रमलाई रोक्न खोजेर मुख बन्द गराउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले ठुलो बनाएको भए पनि प्रधानमन्त्री बन्न किन नसकेको भन्दै प्रश्न गरिन् । ‘ठुलो दल बनाउनु भयो । तर, हामीले हाम्रो पार्टीको प्रधानमन्त्री बनाउन सकेनौँ । कहिले केपी, कहिले प्रचण्ड प्रधानमन्त्री बनाउनु परेको छ । प्रधानमन्त्री एक वर्षपछि आउँछ भनेर भोट माग्नु पर्ने अवस्था छ,’ उनले भनिन्, ‘यो किन भयो प्रधानमन्त्री बनाउन किन सक्नु भएन
अन्तिममा उनले पनि त्यो काम शेखर कोइरालाबाटै हुने भन्दै अधिवेशनबाट उनैलाई सभापति जिताउनुपर्नेमा जोड दिइन् ।
कांग्रेस नेता मिनेन्द्र रिजालले भने पार्टीमा कटुता र तिक्तता हुन नहुनेमा जोड दिए । ‘पार्टीमा कटुता र तिक्तता हुनु हुँदैन । रेखा कोर्न खोजेको अवस्था छ । त्यो रेखा राजनीतिक पार्टीमा सम्भव छैन । तर, महाधिवेशन भएको तीन वर्षको अवधि पुग्दा समीक्षा गर्नु र छलफल गर्नु आवश्यक होला नि त !’ उनले भने ।
रिजालले कांग्रेसमा एउटैमात्रै बहस सभापति को बन्ने, को नबन्ने भन्ने रहेको भन्दै अब कांग्रेसले जितेका पालिका, प्रदेश र केन्द्रको सत्ता जनताको पक्षमा कसरी प्रयोग गर्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले ०७४ मा भन्दा ०७९ मा ७ प्रतिशत कम भोट ल्यायो । यो बहसको विषय हो कि होइन ? जनतामा चरम निराशा छ,’ उनले भने, ‘परिस्थिति खासै खराब छैन । तर, मनमा निराशा चुलिएको छ । यो बहसको विषय बन्नुपर्छ ।’
डा शेखर कोइरालाले भने प्रशिक्षण कार्यक्रममा ११३ वटा पालिकाका सभापति आएको भन्दै खुसी व्यक्त गरे । ‘उहाँहरू कुनै धाक धम्कीदेखि डराउनु भएन । तपाईंहरूको सुरक्षा म गर्छु भन्ने विश्वास दिलाउन चाहन्छु । यसमा डराउनु वा नर्भस हुनु पर्दैन,’ कोइरालाले भने ।
उनले दुई ठुला दल कांग्रेस र एमाले मिलेर संविधानमा सुधार, सुशासन र आर्थिक सुधारको कुरा गरेर अगाडि बढेको बताउँदै यो सरकारलाई असफल हुने छुट नभएको बताए । ‘तर, अप्ठ्यारो मानीमानी म भन्दैछु– चार महिना भयो, संविधानको विषयमा दुई वटा दलसँग छलफल पनि भएको छैन । अरू दलसँग पनि छलफल गर्नुपर्ने छ । तर, केले रोकेको छ ? बुझ्न सकेको छैन,’ उनले भने, ‘सुशासन नभइ भ्रष्टाचार रोक्न सकिँदैन । भ्रष्टाचारले देश चुर्लुम्म डुबिसकेको छ । कांग्रेस बरालिएको हो कि जस्तो पनि लाग्छ ।’
उनले पनि १५औँ महाधिवेशनपछि गलत कुराहरू हुन नदिने बताए । ‘हाम्रो महाधिवेशन हुन एक वर्ष बाँकी छ । अधिवेशन समयमै हुनुपर्छ भनेर दबाब सिर्जना गर्नुपर्छ । अहिलेको तरिकाले अधिवेशन हुने सम्भावना छैन,’ कोइरालाले भने, ‘त्यो हामी केन्द्रीय सदस्य र पदाधिकारीको कारणले हो । अहिले पनि सदस्यता नवीकरण हुन सकेको छैन ।’

Tags: प्रधानमन्त्रीबनाउनेभावीभाषणरशेखरलाईसभापति

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist