इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय चिराैलीले गाउँ-गाउँमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्यताका साथ सम्पन्न गरेको छ। साे अभियान गाउँपालिका भित्रका विभिन्न वडामा आयोजित गरिएको थियो। अभियानको उद्देश्य गाउँका महिला र बालबालिकाहरुलाई लैङ्गिक हिंसा र यसका नकरात्मक प्रभावका बारेमा जनचेतना र शिक्षा दिनु थियो। यस अभियानको प्रमुख आकर्षण गाउँ-गाउँमा कार्यक्रम सञ्चालन गरिएको थियो, जसले स्थानीय स्तरमा लैङ्गिक हिंसा विरुद्धको चेतना फैलाउने कार्य गर्यो।
महिला तथा बालबालिका शाखाकी प्रमुख तुलशा निराैलाले यस अभियानको बारेमा जानकारी दिँदै भनिन्, “हामीले विभिन्न वडामा १६ दिने अभियान सम्पन्न गरेका छौं, जसले लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउने मात्र नभई महिला अधिकार र समानताको सन्देश पनि दिएको छ।” उनले भने, “हामीले यस अभियानमा विद्यालयका विद्यार्थी, स्थानीय कर्मचारी र जनप्रतिनिधिहरूसँग सहकार्य गरी गाउँघरमा लैङ्गिक हिंसा र महिला अधिकारका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं।”
अभियानका क्रममा वडा नम्बर १, ढाेक, वडा नम्बर २, अकाहा, वडा नम्बर ३ जनता मा.वि., वडा नम्बर ४, पृथ्वीनारायण मा.वि., वडा नम्बर ५, वडा नम्बर ६ र वडा नम्बर ८ मा विभिन्न कार्यक्रमहरू आयोजित गरिएकाे थियोे ।
साे अभियानमा प्रशासन शाखाकी कर्मचारी दीपा थापा, महिला विकास निरीक्षक लक्ष्मी खतिवडा लगायतका कर्मचारी र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, कर्मचारी र सर्वसाधारणको सहभागिता रहेको थियो। उपाध्यक्ष सुनिता कुमारी उराँवले जानकारी दिँदै भनिन्, “लैंगिक अभियान गाउँघरमा केन्द्रित रहेको छ र यसले स्थानीय समुदायमा लैङ्गिक हिंसा र महिलाका अधिकारका बारेमा महत्त्वपूर्ण जानकारी पुर्याएको छ।” उनले थपे, “हामीले स्थानीय स्तरमा जनचेतना फैलाउन महत्वपूर्ण प्रयास गरेका छौं र यसबाट महिलाहरूका अधिकारका बारेमा सशक्त आवाज उठ्ने आशा गर्दछौं।”
त्यसैगरी अभियानसँगै गाउँपालिका कार्यालयले भविष्यमा पनि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसले महिलाहरूको अधिकार सुनिश्चित गर्न, समाजमा समानता र न्यायको भावना फैलाउन र लैङ्गिक हिंसा विरुद्ध एक सशक्त आवाज उठाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
अभियानका क्रममा विभिन्न स्थानमा कार्यशालाहरू, जनचेतनामूलक कार्यक्रमहरू र महिला अधिकार सम्बन्धी छलफलहरू सञ्चालन गरिएका थिए। यसबाट स्थानीय समुदायमा लैङ्गिक हिंसा रोक्न र महिलाका अधिकार र सम्मानका बारेमा थप सोचको विकास भएको स्थानीयवासीहरू बताउँछन् ।
यता भाेक्राहा नरसिंह गाउँपालिकाको यो १६ दिने अभियानले लैङ्गिक हिंसा र महिलाका अधिकारका विषयमा जनचेतना वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।










Discussion about this post