• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कप्तान रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ मंसिर २५ गते, १२:५५ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, कला, खेल पाना, पालिका खबर, शिक्षा समाचार, स्थानीय खबर
कप्तान रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
11
SHARES
Share on FacebookShare on Twitter

सिद्धार्थ   बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित दर्ता गराएको छ।
यसअघि लगातार चार खेलमा पराजित भएको लुम्बिनीले आफ्नो पाँचौ खेलमा पहिलो जित दर्ता गराएको हो।
लुम्बिनीले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। जारी प्रतियोगिता चितनवले भने पाँच खेलमा दोस्रो हार ब्यहोरेको छ।
लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो।
चितवनलाई रोक्ने क्रममा लुम्बिनीका कप्तान पौडेलले ४ विकेट लिए। उनले चितवनका विपिन रावललाई ५ रन, सोहिल तन्विरलाई १ रन, रवी बोपारालाई १२ रन र जान लोफ्टी इटनलाई ६ रनमा आउट गरे। लोफ्टी इटनलाई १४औं ओभरमा एलबिडब्लूको धरापमा पार्नुअघि रोहितले अरु ब्याटरलाई क्याच गराए।
चितनवका लागि ३१ रन जोडेका लुक बेन्केस्टाइनलाई अभिसेष गौतमले आउट गरे। २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनलाई गौतमले उन्मुक्त चन्दबाट क्याच गराए।
चितनवका कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएपछि लुम्बिनी पहिलो जित नजिक पुगेको थियो। कुशललाई साद बिन जफरले अभिसेषबाट १७औं ओभरमा क्याच गराए।
त्यसअघि रेमन्ड सिमन्सले ओपनर सन्तोष कार्की र अमरसिंह रटेउलालाई क्रमश: १० र ८ रनमा आउट गरे। रिजन ढकाल १५ रन र नरबहादुर सार्की २२ रनमा नटआउट रहे।
बलिङमा रोहितले चार विकेट लिँदा १७ रन मात्र दिए। रेमन्ड सिमन्सले २ विकेट लिए। साद बिन जफर र अभिसेष गौतमले १-१ विकेट लिन सफल भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडैल र साद बिन जफरले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको तेस्रो बलमा चितवनका रिजन ढकालको बलमा क्याच हुनुअघि रोहितले ८० रन जोडे। रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
उनले साद बिन जफरसँग पाँचौं विकेटका लागि ११४ रनको साझेदारी गरे। जफरले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५२ रन जोडे। त्यसका लागि जफरले ४ चौका र १ छक्का प्रहार गरे। अनी अन्तिम बलमा रनआउट भए।
खेलमा रोहितले चार पटक जीवनदान पाएका थिए। उनको क्याच लिन चितवनका बलर पटक-पटक चुकेका थिए। जारी एनपिएलमा रोहित सर्वाधिक रन प्रहार गर्ने ब्याटरको शीर्ष स्थानमा छन्। उनले पाँच खेलमा दुई अर्धशतकसहित २६१ रन जोडेका छन्।
लम्बिनीले राम्रो सुरुवात भने गर्न सकेन। ओपनर आशुतोष घिरैयालाई दोस्रो ओभरमा चितवनका दायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले एक रनमै बोल्ड गरे। दुई बलपछि उन्मुक्त चन्दलाई रिजनले विपिन रावलबाट क्याच गराए।
ओपनिङ ब्याटर अर्जनु साउदले १५ रन बनाए। १२ बलमा १ चौका र १ छक्का प्रहार गरेका साउदलाई रन्जित कुमारले कप्तान कुशल मल्लबाट सातौं ओभरमा क्याच गराए। अर्को ओभरमा टम मुर्स १० रन जोडेर आउट भए।
बलिङमा चितवनका रिजन ढकालले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए।

Tags: अलराउन्डकप्तानजितपहिलोप्रदर्शनमारोहितकोलुम्बिनीको

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist