• pradeshpoint
  • Pradeshpoint
Friday, May 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा अवैध गहुँको बिउ तस्करी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ मंसिर २७ गते, १३:५२ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरीमा अवैध गहुँको बिउ तस्करी
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीमा सूचीकृत नभएको अवैध गहुँको बिउको तस्करी हुने गरेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले एक कार्यदल बनाएर सुनसरी र मोरङमा अनुगमन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि भएको अनुगमनको क्रममा गहुँको बिउ तस्करी हुने गरेको फेला परेको हो ।
अनुगमन कार्यदलमा मन्त्रालयका बाली विज्ञान अधिकृत योगेन्द्र यादव, बिउ बिजन प्रयोगशाला झुम्काका बाली विज्ञान अधिकृत तथा निमित्त कार्यालय प्रमुख गोविन्द प्रसाद आचार्य र कृषि ज्ञान केन्द्र सुनसरीका बाली विज्ञान अधिकृत प्रवीणलाल श्रेष्ठ रहेका थिए ।
कार्यदलका संयोजक यादवका अनुसार अनुगमन गरिएका सुनसरीका २१ वटा बिउ बिजन बिक्री केन्द्रमध्ये ६ वटामा सूचीकृत नभएको बिउ बिक्री गर्ने गरेको पाइएको हो । उनका अनुसार भारतबाट तस्करी भएर आएको श्रीराम, सम्राट, श्री सतनाम सुपर ३०३, पिएएन ५०५० र एचएपिएल ३००९ जातको अवैध बिउ बिक्री गरेको भेटिएको हो ।
अनुगमन कार्यदलले इनरुवा १ मा रहेको दीक्षा कृषि केन्द्रमा श्रीराम जातको १२० किलो र सम्राट जातको ६० किलो अवैध गहुँको बिउ बिक्री गरेको फेला परेको थियो । यस्तै इनरुवा १ कै साह कृषि केन्द्रमा ६० किलो श्रीराम र १ सय किलो सम्राट, इनरुवा १ कै कुशवाहा भेट मेडिकोबाट ८० किलो श्रीराम र १ सय किलो सम्राट, इनरुवाकै किसान बीज भण्डारबाट ३० किलो सम्राट जातको अवैध बिउ बिक्रीका लागि राखिएको पाइएको यादवले बताए ।
यस्तै भोक्राहा नरसिंह ४ बाट मिथिला कृषि सहकारी संस्थाले श्रीराम जातको ४० किलो, श्री सतनाम सुपर ३०३ १ सय किलो र पिएएन ५०५० जातको २० किलो बिक्रीका लागि राखिएको पाइएको हो । यस्तै झोक्राहा नरसिंह ४ को कुशवाहा कृषि केन्द्रले पनि एचएपिएल ३००९ जातको ४० किलो, कोशी गाउँपालिका १ को बंगाली एग्रोभेटबाट श्रीराम जातको २० किलो, हरिनगरा १ भुटाहाको अनुभव जयन्त कृषि फर्मबाट ६० किलो पिएएन ५०५० जातको अवैध बिउ बिक्री गरिरहेको पाइएको हो ।
नियमावलीले बिक्री वितरण र भण्डार तथा प्रदेशमा उत्पादन भएको बिउलाई पञ्जीकरण गर्ने अधिकार दिएको छ । तर, संघको ऐनले प्रदेशलाई त्यो अधिकार दिएको छैन ।
‘सुनसरीको २१ वटा बिउ बिजन बिक्री केन्द्रमा अनुगमन गर्दा ६ वटामा सूचीकृत नभएको तस्करीको बिउ बिक्री हुने गरेको पाइयो,’ यादवले भने, ‘ती बिउ बिजन केन्द्रमा जाँदा किसानको घुइँचो थियो ।’ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले सूचीकृत नगरेको जातको बिउ बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्था छ । ‘ती केन्द्रमा धेरै परिणाममा अवैध बिउ हुन सक्थ्यो । तर माग अनुसार कोही सम्पर्क व्यक्ति रहने गरेको र ती व्यक्तिले नै दुई चार बोराको दरले ल्याइदिने गरेको रहेछ,’ यादवले भने । नेपालमा सूचीकृत गरेको गहुँको बिउ ३ दर्जन बढी रहेको यादवले बताए ।
स्रोतले दिएको जानकारी अनुसार कोशी गाउँपालिकाको कटान क्षेत्रमा इनरुवाका प्रदीप बस्नेतले ५० औँ बोरा गोदाम बनाएर अवैध बिउ राखेको दाबी गरेको छ । भारतबाट आएको बिउ कम गुणस्तरको भए पनि र सस्तो हुने भएकोले नेपालका किसानहरूले खरिद गर्ने गरेको मन्त्रालय बताउँछ । ‘नेपालको बिक्री हुँदैन । खाली भारतीय बिउ बिक्री भइरहेको छ भन्ने कुरा आयो,’ यादवले भने, ‘त्यसपछि गरिएको अनुगमनको क्रममा त्यही देखियो ।’
कार्यदलले मोरङमा भने ८ वटा बिक्री केन्द्रको अनुगमन गरेको थियो । मोरङमा भने अवैध बिउ बिक्री गरेको पाइएन । ‘जुनसुकै जातको बिउ नेपालमा प्रयोग गर्नुपर्दा दुई/तीन वर्षमा मात्रै त्यसको परीक्षण पुरा गरेर सूचीकृत भएपछि मात्रै बिक्रीको अनुमति लिनुपर्ने कानुनी प्रावधान छ,’ यादवले भने ।
यद्यपि प्रदेश सरकारलाई त्यसरी अवैध बिउ बिजन बिक्री गर्नेलाई के कारबाही गर्ने भन्ने अधिकार छैन । ‘प्रदेशलाई बिउ बिजन निरीक्षक नियुक्त गर्ने अधिकार छैन । त्यसले गर्दा बरामद गरेर कारबाहीको प्रक्रिया आफैँ अगाडि बढाउन सक्ने अवस्था छैन,’ यादवले भने, ‘संघीय सरकारको बिउ बिजन ऐन र नियमावलीमा कारबाही गर्ने व्यवस्था छ । तर, हामीले कारबाही गर्न सक्दैनौँ । यद्यपि हामी यो प्रतिवेदन माथि केन्द्रमा पठाउँछ ।’
नियमावलीले बिक्री वितरण र भण्डार तथा प्रदेशमा उत्पादन भएको बिउलाई पञ्जीकरण गर्ने अधिकार दिएको छ । तर, संघको ऐनले प्रदेशलाई त्यो अधिकार दिएको छैन । ‘हामीले पनि छुट्टै ऐन बनाएर अगाडि बढेपछि मात्रै कारबाहीको प्रक्रियामा जान सक्छौँ । हामीले अनुगमन गरे पनि यस्तो भयो भनेर आवश्यक कारबाही गर्नुहुन भनेर लेखि पठाइदिन्छौँ,’ यादवले भने ।

Tags: अवैधगहुँकोतस्करीबिउसुनसरीमा

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist