काठमाडौँ । पर्साबाट ३० लाखभन्दा धेरैको भन्सार छलिको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगञ्जका डीएसपी सुरज रिजाल र भन्सार कार्यालयको संयुक्त टोलीले शनिवार राति भन्सार छलेको कपडा बरामद गरेको हो ।
भन्सार छलेर गोदाममा राखिएको कपडा र कस्मेटिक सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । कुर्ता सुरुवाल १ हजार ६ सय २७ थान, स्कार्फ १ हजार ७ सय २२ थान, सल २ हजार ७ सय ६८ थान, लेडिज ब्याग, साडी पिन , लङ कोट बरामद गरिएको छ । सो कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post