काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको हो ।
प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा सिंहले पुर्याएको योगदानको उच्च सम्मान गर्दै सोमबार अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने जानकारी दिइएको छ । काठमाडौँ महानगरपालिका परिवारले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गरेको छ ।
सिंहले तत्कालीन काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गरेका थिए
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...









Discussion about this post