इनरुवा । सुनसरीको बराहक्षेत्र–१ स्थित पटनाली खोलाको बगर क्षेत्रबाट सशस्त्र प्रहरीले ९७ किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर, सुनसरीका अनुसार सुरक्षा बेस चतराको टोलीले रातको समयमा मोबाइल गस्ती गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
गाँजा चतरा–धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकेर ल्याउँदै गरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीको टोलीले जानकारी दिएको छ। गाँजा ल्याउँदै गरेका व्यक्तिहरू प्रहरीलाई देखेर फरार भएका र हाल उनीहरूको पहिचान तथा खोजीकार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सेमान्नद बज्राचार्यले भने, “हाम्रो टोलीले लागूऔषध ओसारपसार नियन्त्रणमा निरन्तर सक्रियता देखाउँदै आएको छ, र यस किसिमको बरामदगीले हाम्रो प्रतिबद्धता पुष्टि गर्दछ।”
गाँजा बरामद गरिएको क्षेत्र लागूऔषध ओसारपसारका लागि प्रयोग हुँदै आएको शंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
सशस्त्र प्रहरी बलको निगरानीका कारण लागूऔषध ओसारपसारमा रोक लगाउन सहयोग पुगिरहेको जनाइएको छ।










Discussion about this post