इटहरी – सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ बाट मृगको मासुसहित दुईजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राई रहेका छन्। उनीहरूलाई ३ नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब २ बजे तल्लो बगुवा टोलमा रहेको भान्साघरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको जनाएको छ।
वन्यजन्तु मासुको अवैध कारोबार रोक्न प्रहरीको सक्रियता बढिरहेको छ।










Discussion about this post